×

NMB BANK
NIC ASIA

श्रमिकको शिक्षा र स्वास्थ्य बीमा गर्न सरकारले ध्यान दिनुपर्छ : अध्यक्ष लिङ्देन

बैशाख १८, २०८०

NTC
फाइल फोटो
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमिकको जीवन सुरक्षित हुनुपर्ने बताएका छन् ।

Muktinath Bank

उनले श्रमिकका सुरक्षाका लागि अत्यावश्यक पर्ने शिक्षा र स्वास्थ्य बीमा गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालद्वारा आयोजित १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहमा उनले श्रमिकले १ वर्षभरि काम गरेर पनि आफ्ना आधारभूत आवश्यकता पूरा गर्न नसक्नु दुःखद रहेको बताए । अध्यक्ष लिङ्देनले श्रमिकले छोराछोरीलाई उचित शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा खर्च गर्न पनि नसक्ने भएकाले उनीहरूको परिवारको शिक्षा र स्वास्थ्य जस्ता विषयमा सरकारले ध्यान पुर्‍याउनुपर्ने धारणा व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारा नारामै सीमित छ । श्रमिक दिवस मनाइराख्दा श्रमिकको अवस्था हामीले बुझ्न जरुरी छ ।’ श्रमिकहरू कति मर्यादित, सुरक्षित, स्वस्थ छन् भन्नेतर्फ सरकार केन्द्रित हुन जरुरी रहेको धारणा उनले राखे ।

Vianet communication

ट्रेड युनियनको आगामी आन्दोलन श्रमिका सुरक्षा मर्यादासँग केन्द्रित हुनुपर्नेे उनको भनाइ थियो ।

राप्रपाका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले सबैखाले श्रमलाई सम्मान गर्नुपर्ने धारणा राखे । श्रमसँगै समयको पनि उत्तिकै महत्त्व भएकाले श्रमिकले श्रम र समयलाई ध्यान दिएर काम गर्नुपर्ने उनको भनाइ थियो । 

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमान कुँवरले श्रमिकका लागि महासंघले महत्त्वपूर्ण भूमिका खेलेको बताए । श्रम ऐन २०७४ मा आधारित सामाजिक सुरक्षा ऐन २०७४ लागू गर्न चेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x