×

NMB BANK
NIC ASIA

प्रदेशसभाको हविगत

गतिहीन प्रदेशसभा– सत्ताको खेलमा बित्यो अधिवेशन, बिजनेसविनै गुज्रियो समय

बैशाख २१, २०८०

NTC
Premier Steels

लुम्बिनी प्रदेशसभा आफ्नो दोस्रो कार्यकालको ४ महिना पूरा हुँदा गतिहीन जस्तै बनेको छ । गएको पुस १७ गते शपथ लिँदै प्रदेशसभा सदस्यहरू संसदमा प्रवेश गरेका थिए ।

Muktinath Bank

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो हिउँदे अधिवेशन मंगलवार अन्त्य भयो । सरकारले बिजनेस दिन नसक्दा यो अधिवेशन गतिहीन जस्तै बन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रादेशिक राजधानी कार्यान्वयन भएपछि स्थायी राजधानी दाङमा पहिलोपटक बसेको हिउँदे अधिवेशनको ४ महिनामा लुम्बिनी प्रदेशसभाले खासै बिजनेस पाएन । बरु अधिकांश समय सत्ताको खेल र दलहरूबीच आरोपप्रत्यारोपमा बित्यो । 


Advertisment
Nabil box
Kumari

प्रदेशसभाबाट नियमित संसद् चल्ने, विधेयक ल्याउने, विधेयकमाथि छलफल गर्ने र विषयगत समितिहरू गठन गर्नेजस्ता महत्त्वपूर्ण कामहरू हुन सकेनन् ।

Vianet communication

लुम्बिनी प्रदेशसभाको पहिलो हिउँदे अधिवेशन सत्ता संघर्षमै केन्द्रित रह्यो । यसबीचमा दुई सरकार फेरिए ।

गत मंसिर ४ गतेको निर्वाचनपछि बनेको सत्ता समीकरणअनुसार लुम्बिनीमा माओवादीलगायत अन्य पाँच दलको समर्थनमा पुस २७ गते एमालेका लीला गिरीको नेतृत्वमा सरकार बनेको थियो ।

त्यसको एक महिनाभन्दा बढी समय दलहरूबीच भागबन्डा टुंग्याउन र सरकारले पूर्णता पाउनमै बित्यो । संघमा सत्ता समीकरण बदलिएपछि प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा पर्‍यो ।

नयाँ गठबन्धन बनेपछि माओवादी, कांग्रेससहितका दलहरू सत्ता ढाल्ने चलखेलमा केन्द्रित भए । यसले जनतामा समेत निराशा छायो । सरकार बन्ने र ढल्ने खेल शुरू भएपछि राजनीतिप्रति नै वितृष्णा जाग्यो ।

वैशाख १४ गते कांग्रेस नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका छन् । उनलाई ८ दलको समर्थन छ र ५३ सांसदले विश्वासको मत दिएका छन् । तर, संसदमा सबैभन्दा ठूलो दल भने एमाले हो ।

एमालेका मात्रै २९ जना सांसद छन् । 

पहिले एमालेसँग सहकार्य गरेको राप्रपाले यसपालि कतै पनि मत जाहेर गरेन । उसका ४ जना सांसद तटस्थ रहे । 

सरकार बनाउने र ढाल्ने खेल

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन सरकार गठन गर्ने र ढाल्नेमै केन्द्रित हुँदा प्रदेशसभाका अन्य गतिविधिले तीव्रता पाउन सकेनन् ।

गत पुस १८ गते पहिलो बैठक बसेर शुरू भएको अधिवेशनमा १० वटा बैठक बस्यो, तर सरकार बन्ने र ढल्नेबाहेक खासै उपलब्धि भएन ।

विधेयकहरू संसदमा पेश गर्ने र त्यसमाथि छलफल गर्ने काम पनि हुन सकेनन् । पहिलो हिउँदे अधिवेशनमा प्रदेशसभामा एउटा विधेयक पेश र एउटा विधेयक दर्ता भएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । 

प्रदेशसभामा प्रशिक्षण प्रतिष्ठान स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ भने स्वास्थ्यसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको पुनको भनाइ छ । 

विषयगत समिति पनि बनेनन्

यसअघि लीला गिरी नेतृत्वको प्रदेश सरकारले समितिहरू गठन गर्ने र प्रदेशसभालाई बिजनेस दिने योजना बनाएको थियो । सबै दलसँग परामर्श समेत भइरहेको थियो । तर, सरकारको समीकरण फेरियो ।

प्रदेशसभाको पहिलो अधिवेशनसम्म विषयगत समिति गठन गर्नुपर्ने प्रावधानलाई ख्याल गर्दै गिरी नेतृत्वको सरकारले अगाडि बढाएको कामलाई अरू दलले साथ दिएनन् । यहाँ पनि सत्ताकेन्द्रित पूर्वाग्रही राजनीति झल्कियो । पहिलो अधिवेशन सकिँदा पनि प्रदेशसभामा विषयगत समिति गठन हुन सकेको छैन ।

राजनीतिक अस्थिरता र पूर्वाग्रही मानसिकताका कारणले पनि जनतामा निराशा छाएको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीको प्रतिक्रिया छ । उनले संसद्लाई प्रभावकारी बनाउने, चुनावमा जनतासामु गरिएका वाचालाई साकार पार्नेतर्फ केन्द्रित हुनुपर्नेमा सरकार बनाउने र ढाल्नेजस्ता अस्थिरताका प्रवृत्ति हावी हुनु दुखद् रहेको बताए । 

लुम्बिनी प्रदेशमा छवटा विषयगत समिति छन् । एउटा विशेषाधिकार समिति गठन गर्ने प्रावधान छ ।

प्रदेशमा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति रहेका छन् । 

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा १० दल छन् ।

नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जसपा, लोसपा र जनमतका तीन–तीन, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक–एक सदस्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x