×

NMB BANK
NIC ASIA

खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

बैशाख २२, २०८०

NTC
Premier Steels

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लव खुमलटार युथ क्लवसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लवबिरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ ।

Muktinath Bank

ललितपुरस्थित दशरथ रंगशालामा भएको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लव खुमलटार युथ क्लवसँग ४–२ गोल अन्तरले पराजित भएको हो । यस्तै पुलिस दरशथ रंगशालामा हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो खेलमा पनि नेपाल पुलिससँग २–१ गोल अन्तरले पराजित भएको जावलाखेल युथ क्लव शुक्रवार खुमलटारसँग स्तब्ध भएको हो । यससँगै शीर्ष स्थानको जावलाखेलले लगातार दोस्रो खेलमा विपक्षी टोलीलाई नतिजा सुम्पिएको छ । निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा खुमलटारलाई जित दिलाउनका लागि स्टेफेन समिरले ह्याट्रिक पूरा गर्दा मेसुके ओलुमोउको नाममा एक गोल रह्यो । यस्तै जावलाखेलका विनोद केसीले एक गोल फर्काउँदा जावलाखेलका रोहित सुब्बाले उपहरा गोल दिए ।


Advertisment
Nabil box
Kumari

अघिल्लो खेलको हारले स्तब्ध भएको जावलाखेलले आक्रामक खेल देखाएको थियो । तर सम्हालिएको प्रदर्शन गरेको खुमलटारले सुरुआती अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई शुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा खुमलटारका रोहितले आत्मघाती गोल गर्दा खेल १–१ को स्थितिमा पुगेको थियो । पहिलो हाफको इन्जुरी समयमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गरेपछि खुमलटारले पहिलो हाफमा २–१ को अग्रता निकाल्न सफल भएको थियो । दोस्रो हाफमा थप आक्रामक देखिएको खुमलटारका लागि ५१ औं मिनेटमा स्टेफेनले ह्याट्रिक पूरा गरेका थिए । बाँकी समयमा  दुवै टोलीबाट थप गोलका लागि प्रयास भएपनि दुवैै टोलीले राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन् । शीर्ष स्थानमा अग्रता फराकिलो पार्न निकै संघर्ष गरेको जावलाखेलका लागि इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ को जित निश्चित गरेका थिए ।
रोमाञ्चक जितपछि खुमलटारले जारी लिगमा पाँचौ जित निकाल्न सफल भएको छ । खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ । यस्तै जावलाखेलले जारी लिगमा पाँचौ हार भोग्न बाध्य भएको छ । पराजित भएपनि जावलाखेल १५ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

Vianet communication

लिग अन्तर्गत शुक्रवारै दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस हिमालयन शेर्पासँग २–१ गोल अन्तरले स्तब्ध भयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x