×

NMB BANK
NIC ASIA

सत्तापक्ष–प्रतिपक्ष

संसदको अंकगणितमा फेरबदल : प्रचण्ड सरकारलाई तर्साउने विपक्षी बेन्च !

बैशाख २३, २०८०

NTC
फाइल फोटो
Premier Steels

गत माघ २२ गते सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यसको ठीक ३ महिनापछि शुक्रवार सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गर्‍यो ।

Muktinath Bank

अब रचनात्मक प्रतिपक्ष बनेर संसदमा उपस्थित हुने वाचा गरेको रास्वपाले सँगसँगै संगठन निर्माणलाई पनि प्राथमिकता दिने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुुनपर्छ भन्ने कुरा धेरैले हेर्न चाहेको हामीले बुझेका छौं । नयाँ राजनीतिक पार्टी रचनात्मक हुँदा त्यसले जनताको मुद्दा, समाजका मुद्दा र राष्ट्रिय मुद्दा संसदमा कुन ढंगले अघि राख्छ भन्ने कुरा आम मानिसहरूले पनि हेर्न चाहेका छन् । हामीलाई पनि यसमा ठूलो योगदान दिन सकिन्छ भन्ने आत्मविश्वास रहेको छ,’ रास्वपाका सभापति रवि लामिछानेले भने ।


Advertisment
Nabil box
Kumari

सँगसँगै जनताका मुद्दा उठाउँदै २०८४ सालको निर्वाचनलाई लक्षित गरेर संगठन निर्माणमा जोड दिने उनको भनाइ छ । ‘हामीले जनमत र जनभावनाको कदर गर्नुपर्ने हुन्छ । उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश हाम्रा शुभचिन्तकको भावना नै सशक्त प्रतिपक्षको भूमिका तपाईंहरूले गर्नुपर्छ भन्ने थियो,’ रविले भने ।

Vianet communication

अब पार्टीलाई चुस्त बनाएर अघि बढ्नुपर्ने बेला आएको भन्दै उनले त्यही अनुरूप पार्टी अघि बढ्ने बताए ।

रविको भनाइअनुसार रास्वपाको हालको रणनीति संसदमा जनजीविकाका मुद्दालाई बुलन्द बनाउँदै जनतातर्फ आफ्नो ध्यान केन्द्रित गर्ने बुझिन्छ । उसो त संसदमा प्रतिपक्षी दलको बेन्च बलियो बन्दै गएको अवस्था छ । 

रास्वपाले समर्थन फिर्ता लिएसँगै २७५ सदस्यीय प्रतिनिधि सभामा विपक्षी बेन्चमा ४ दलका ११५ जना सांसद हुने भएका छन् । जसमा एमालेका ७९, रास्वपाका २१, राप्रपाका १४ र नेमकिपाका १ सांसद विपक्षमा रहने निश्चित भएको छ । 

यसैगरी सत्ता पक्षमा अब कांग्रेसका ८८, माओवादीका ३२, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र आम आदमी पार्टीका १ सांसद गरी १५८ सांसद रहने भएका छन् । अमरेशकुमार सिंह र योगेन्द्र मण्डल २ जना स्वतन्त्र सांसदको हैसियतमा छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत कायमै राख्न वा सरकार टिकाइराख्न १३८ सांसदको आवश्यकता पर्छ तर प्रधानमन्त्री प्रचण्डमाथि बहुमत जोगाउन दबाब बढ्दै गएको देखिन्छ । 

जनमत पार्टी यसअघि नै मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिएको छ । ६ सिट रहेको पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएमा प्रचण्डमाथि थप दबाब बढ्नेछ । यद्यपि जनमतले समर्थन फिर्ता लिएमा पनि सरकार ढल्दैन तर प्रचण्डको अंकगणित कमजोर धरातलमा हुने हुँदा सरकारमाथि नैतिक दबाब बढ्दै जाने देखिन्छ । 

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीले काँध थाप्दा कांग्रेसबाट फुत्किएर प्रधानमन्त्री बनेका प्रचण्ड वैशाख २२ गतेसम्म आइपुग्दा उनलाई समर्थन गर्ने प्रमुख ३ दलको समर्थनविहीन बनेका छन् । अर्थात् पुस १० गतेको गठबन्धन करीब खारेज भएको छ ।

यसबीचमा प्रचण्डलाई कांग्रेसले समर्थन गरेर भरथेग गरे पनि विपक्षी मोर्चा बलियो बन्दा प्रचण्डमाथि दबाब बढेको छ । 

संघीय संसद्को बजेट अधिवेशन आइतवार शुरू हुँदैछ । अधिवेशनमार्फत सरकारले आफ्नो नीति तथा कार्यक्रम पेश गर्ने तयारी हुँदै गर्दा संसदमा देखिएको अंकगणितीय फेरबदलको प्रभाव प्रस्ट देखिने निश्चित छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x