×

NMB BANK
NIC ASIA

क-कसले पाए पोखरा स्पोर्टस् अवार्ड ?

बैशाख २३, २०८०

NTC
Premier Steels

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट  खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी(लमजुङ)ले जितेका छन् ।

Muktinath Bank

पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक÷एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारेका हुन् ।
 
वर्ष खेलाडी घोषित केसीलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र भण्डारीलाई प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पुरस्कार प्रदान गरे । पुरुषतर्फ वर्ष खेलाडीका लागि केसीसहित आर्चरीका गङ्गाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा थिए ।
 
महिलातर्फको मनोनयनमा भण्डारीले आर्चरीकी रोजिना थापा मगर(बागलुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर(बागलुङ)लाई पछाडि पारेकी हुन् । यसैगरी वर्ष उदीयमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारी(बागलुङ)ले हात पारे । भण्डारीले भलिबलमा रवि केसी (बागलुङ), फुटबलका सुमित श्रेष्ठ(कास्की)लाई मनोनयनमा पछि पार्दै ट्रफीसहित नगद रु  ३५ हजार पुरस्कार पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्चरीका किशोर कुमार गुरुङ(स्याङ्जा)ले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट प्रशिक्षकमा किशोरसहित लनटेनिसका निरज थापा(कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए ।


Advertisment
Nabil box
Kumari

यसैगरी वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सागरराज तिमिल्सिनाले पाए । तिमिल्सिना डेढ दशकदेखि पोखरमा पत्रकारितामा क्रियाशील छन् । खेलकुद सङ्घसंस्था वा क्लब अवार्ड कास्की जिल्ला ह्याण्डबल सङ्घले पाएको छ । वर्ष उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले रु ३५/३५ हजारका साथ ट्रफीबाट पुरस्कृत भए ।

Vianet communication

यसैगरी वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिएको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो । 

यसैगरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै ‘कीर्तिशेष’ सम्मान प्रदान गरिएको थियो । 

अवार्ड विजेतालाई मुख्यमन्त्री पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, गण्डकीका निर्वतमान मुख्यन्त्री खगराज अधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x