×

NMB BANK
NIC ASIA

‘ए’ डिभिजन लिगमा मच्छिन्द्रको जित, एपिएफ पराजित

बैशाख २४, २०८०

NTC
Premier Steels

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आइतवार साविक विजेता मच्छिन्द्र क्लवले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव संकटासँग १–१ गोलको बराबरीमा रोकिएको छ । 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिष्पर्धामा आईतवार सम्पन्न खेलमा मच्छिन्द्रले एपिएफले लिएको अग्रतालाई उल्टाउँदै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको हो । प्रतिष्पर्धात्मक खेलको ३६ औं मिनेटमा अर्मान्ड विडोमले एपिएफलाई अग्रता दिलाएका थिए । 
विडोमले विकी तामाङले उपलब्ध गराएको बललाई गोलमा परिणत गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा ओमोलाजा करिमले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई बराबरीमा ल्याएपछि दोस्रो हाफ थप रोमाञ्चक भएको थियो ।
 दोस्रो हाफमा दुवै टोलीले अगाडि बढेर खेल्दै केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको इन्जुरी समयमा ओलावाले अफिजले गोल गर्दै  मच्छिन्द्रलाई २–१ को रोमाञ्चक जित दिलाए । अफिजले पेनाल्टी क्षेत्र बाहिबाट उत्कृष्ट गोल गरेका थिए ।
यसअघि २५ औं मिनेटमा पुजन उपरकोटीको प्रहारलाई एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । ६७ औं मिनेटमा नविन लामाको कर्नर प्रहारलाई मच्छिन्द्रका गोलकिपर विशालले श्रेष्ठले पन्च गर्दै टोलीको संकट टारे । 
७२औं मिनेटमा एपिएफका नविनको प्रहारमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै प्रयासलाई विफल बनाउन सफल भए । यसअघि पहिलो लेगमा एपिएफ १–०ले विजयी भएको थियो । जितसँगै मच्छिन्द्र १५ खेलमा ६ जित,६ बराबरी र तीन हारको नितजासहित २४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । यो दोस्रो स्थानमा रहेको जावलाखेल र तेस्रो स्थानमा रहेको थ्री स्टारसँग बराबरी अंक हो । पराजय व्यहोरेको एपिएफ समान खेलमा पाँच जित, चार बराबरी र ६ हारको नतिजासहित १९ अंक जोडेर नवौं स्थानमा छ ।
लिग अन्तर्गत आईतवार नै भएको अर्को खेलमा त्रिभुवन आर्मीले शुरुवाती अग्रतालाई जोगाउन नसक्दा संकटा क्लवसँग अंक बाँड्न बाध्य भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा विभागीय आर्मीले संकटा बाँडेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलको १८औं मिनेटमा भरत खवासको थु्र बललाई नवयुग श्रेष्ठले सदुपयोग गर्न सफल भएका थिए ।
 इन्जुरी समयमा भरत चौधरीले जुनियर एन्कुंगेलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टी पाएको थियो । जसलाई लेबनानी फरवार्ड युसुफ आट्रिषले सदुपयोग गर्दै खेल बराबरीको अवस्थामा ल्याउँदा आर्मीले तीन अंक जोड्न चुकेको हो । यसअघि पहिलो लेगमा दुई टोलीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
बराबरीसँगै आर्मीले पाँचौं स्थानमा रहेको सातदोबाटोसँग अंक बराबरी गर्ने अवसबरबाट चुकेको छ । बराबरी पछि आर्मी १५ खेलबाट २१ अंक जोड्दै छैटौं स्थानमा यथावत छ ।  १७ अंक जोड्दै संकटा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x