०३ साउन २०८३, आइतबार
नक्कली शरणार्थी प्रकरण

संसदबाट रविको खबरदारी– मिलीजुली एक अर्कालाई जोगाउने काम नहोस्

बैशाख २५, २०८०
संसदबाट रविको खबरदारी– मिलीजुली एक अर्कालाई जोगाउने काम नहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिलीजुली एक अर्कालाई जोगाउने काम नगर्न खबरदारी गरेका छन् ।

यो भ्रष्टाचार काण्डलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको उनले बताए । 

सोमवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त (प्रि– बजेट) माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले नक्कली शरणार्थी प्रकरणमा दलहरूले दोषीलाई जोगाउने काम गर्न लागेको आशंका गरेका समेत गरे ।

‘अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के सेलाएको छ । सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरेको छ । दोषी कोही नउम्किउन् । मिलीजुली एकअर्कालाई जोगाउने काम नहोस् । यसलाई हामीले अत्यन्तै नजिकबाट हेरिरहेका छौं,’ लामिछानेले भने । 

फरक प्रसंगमा लामिछानेले देशको अर्थतन्त्र नाजुक बन्नुको दोष राजनीतिक भ्रष्टाचार भएको भन्दै बाह्य कारण देखाएर उम्किन नमिल्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्