०३ साउन २०८३, आइतबार
नक्कली शरणार्थी प्रकरण

बालकृष्ण पक्राउपछि मञ्जु खाँण सम्पर्कविहीन, मोबाइल अफ

बैशाख २७, २०८०
बालकृष्ण पक्राउपछि मञ्जु खाँण सम्पर्कविहीन, मोबाइल अफ
फाइल फोटो

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी समेत रहेकी कांग्रेस नेत्री मञ्जु खाँण सम्पर्कविहीन भएकी छन् ।

मोबाइल समेत अफ गरेर मञ्जु सम्पर्कविहीन भएको प्रहरी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

तर, यस प्रकरणमा अहिले नै मञ्जुलाई पक्राउ गरिहाल्ने तयारी भने प्रहरीको छैन । मनोवैज्ञानिक त्रासका कारण मञ्जु सम्पर्कविहीन भएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

‘उहाँलाई अहिले नै पक्राउ गरिहाल्ने तयारी छैन, तर मोबाइल अफ गरेर सम्पर्कविहीन हुनुभएको छ,’ एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘पति पक्राउ परेकाले मनोवैज्ञानिक त्रासमा पर्नुभएको पनि हुनसक्छ ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा खाँण बुधवार पक्राउ परेका हुन् ।

यस प्रकरणमा पक्राउ पर्नेमध्ये खाँण सबैभन्दा शीर्षस्थ व्यक्ति हुन् ।

उनका अलावा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित कुल १२ जना पक्राउ परिसकेका छन् ।

गिरोहका सदस्यले बालकृष्णपत्नी मञ्जुलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भएको छ । 

उक्त अडियोको आधिकारिकता पुष्टि गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सो अडियोमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई समेत २ करोड बुझाएको दाबी गरिएको छ ।

पढ्नुहोस्, यो पनि :

salt training

कमेन्ट गर्नुहोस्