×

NMB BANK
NIC ASIA

खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित

बैशाख ३०, २०८०

NTC
Premier Steels

उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो । 

Muktinath Bank

चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लीछा, बराह, जाँते बासबोटेसहित रौतामाई गाउँपालिकाको भुटार, इनामे, नामेटार, रामेटार आपटार क्षेत्रका कृषक लामो खडेरीका कारण मकैको बिरुवा मर्न थालेको भन्दै चिन्तित बनेका हुन् । रौतामाई गाउँपालिका–४ पाँबुका कृषक वीन्द्रबहादुर मगरका अनुसार राम्ररी हुर्कँदै गरेको मकैका बिरुवा खडेरीको कारण अहिले धामधम ओइलाउन थालेका र पात सुक्न थालेका कारण आफूहरू चिन्तित बनेको बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत अन्तिम हप्तादेखि खडेरी लागेको र अहिलेसम्म एकझर वर्षा हुन नसकेका कारण खेतबारीमा लगाएको सबै मकैका बिरुवा ओइलाएर मर्न थालेको रौतामाई आपटारका कृषक वीरबहादुर कटुवालले बताए ।


Advertisment
Nabil box
Kumari

यता जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिका–३ दनुवारबेँसीका कृषक धनबहादुर दनुवारले भने, “राम्ररी मकैको बिरुवा हुर्कन लागेका बेला कडा खडेरी सुरु भएकाले विरुवा मर्न थालेपछि आफूहरूलाई चिन्तित बनाएको छ ।”

Vianet communication

पिपलभन्ज्याङका कृषक राजबहादुर राईले भने, “वैशाखको सुरुमा खडेरी सुरु भए पनि मकैको बिरुवा त मर्दैन होला भन्ने थियो, तर झनै खडेरी बढ्दै गएको र वर्षा नभएपछि मकैको बिरुवा मर्न थालेका कारण यसपटक मकैखेती बर्बाद हुने अवस्था आएको छ ।” 

खडेरीको कारण जिल्लाको तराई क्षेत्रमा पनि मकैको बिरुवा सुक्न थालेका छन् । पहाडी क्षेत्रको मुख्य अन्नबालीका रूपमा रहेको मकै बाली खडेरीको कारण नष्ट भए भोकमरीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कृषक चिन्तित बनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x