मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जेठ १, २०८०
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न अब युवाहरू जाग्नुपर्ने बताएका छन् ।
युवा तथा विद्यार्थी दिवसको अवसरमा सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै पोखरेलले युवाहरू जाग्नुपर्ने बताए ।
उनले युवाहरू राजनीतिबाट टाढिने होइन, आधारभूत तहदेखि नै राजनीतिक नेतृत्व सम्हाल्ने गरी अघि बढ्नुपर्ने बताए ।
उनले लेखेका छन्, ‘आज विद्यार्थी दिवस र राष्ट्रिय युवा संघको स्थापना दिवस । अब युवाहरू – नेपाली राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न, अस्थिरताको दुष्चक्रबाट मुलुकलाई राजनीतिक स्थायित्वतर्फ अघि बढाउन, पपुलारिज्मका नाममा मुलुकलाई थप अस्थिरतामा जानबाट रोक्न, जबजको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अब युवाहरू राष्ट्र निर्माणका लागि जाग्नुपर्छ ।’
उनले अगाडि लेखेका छन्, ‘राजनीतिबाट टाढिने होइन, आधारभूत तहदेखि नै राजनीतिक नेतृत्व सम्हाल्ने गरी अघि बढ्नुपर्छ । त्यसका लागि ‘मिसन युथ’को नेकपा एमालेको अभियानमा जुटौं, किनकि मुलुकको भविष्य नेकपा एमाले र तपाईं युवाहरूको काँधमा अडेको छ । युवा तथा विद्यार्थी दिवसको धेरैधेरै शुभकामना !’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...