×

NMB BANK
NIC ASIA

जंगलमा लागेको डढेलो रोकथामको प्रयास अप्रयाप्त हुँदा वैशाखको पहिलो साता लुम्बिनी प्रदेशको ठूलो वन क्षेत्र डढेलोले सखाप बनायो ।

Muktinath Bank

डढेलोले सयौं वर्ष लगाएर हुर्के बढेका दुर्लभ वनस्पति, वन्यजन्तु र जैविक विविधताको नाश निमेषभरमै गर्‍यो भने मानिसको ज्यान समेत लियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुल्मीमा डढेलोबाट बस्तीलाई जोगाउने प्रयास गर्दा दुईजना स्थानीयले ज्यान समेत गुमाउन पुगे । नजिकै जंगलमा लागेको डढेलो नियन्त्रण गर्दा आगोमा परेर धुर्कोट गाउँपालिका– ३ हाडहाडेका दीपक मुखिया र धनबहादुर मुखियाको मृत्यु भयो । 


Advertisment
Nabil box
Kumari

वैशाख अन्तिम हप्ता अर्घाखाँचीको भूमिकास्थान– २ तिरतिरे जंगलमा लागेको डढेलो निभाउने क्रममा स्थानीय चारजनाको मृत्यु भयो । सोही वडामा पिताम्बर बेलबासे, माधव बेलबासे, घनश्याम बेलबासे र पदम बेलबासेको मृत्यु भयो । फेरि डढेला लाग्ने क्रम बढेको छ । 

Vianet communication

प्रदेशका दर्जनौं जंगलमा लागेको भीषण डढेलो नियन्त्रणबाहिर समेत पुगेको छ । हप्तौंयता वन/जंगलमा लागेको डढेलोले उत्पन्न तुँवालोबाट गाउँ/शहर ढाकिनुका साथै आगो र धुवाँका मुस्लो देखिएका छन् । 

डढेलोका प्रकोपको हिसाबले विगतका वर्षभन्दा यो वर्ष निकै बढी भयो । डढेलो बस्तीमा पसेर हुन सक्ने जनधनको क्षतिबाट जोगिन नागरिक ‘अलर्ट’ भए पनि रोकिएन । मौसममा आएको फेरबदलले दिनहुँ डढेलाका घटना प्रत्येक वर्ष बढिरहेका डढेलोविद् सुन्दर शर्मा बताउँछन् ।

‘वैशाख पहिलो र अन्तिम साता देश जल्यो, यस्तो डढेलो हामीले कल्पना गरेकै थिएनौं,’ शर्माले भने, ‘मान्छेले नलगाएर प्रकृतिले नै लगाएजस्तो देखियो ।’

null

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव समेत रहेका शर्मा डढेलोको ‘पिक टाइम’ बल्ल शुरू भएको बताउँछन् । 

अत्यधिक जल्ने वस्तुको कारणले गर्मीको समयमा जंगलमा डढेलो लाग्ने गर्छ । सुकेर झरेका पातपतिङ्गर, दाउरा, सुकेको घाँसले आगलागी हुन्छ । 

यसवर्ष धेरै स्थानमा डढेलो लाग्नुको कारण वनमा थुप्रिएको अत्यधिक इन्धनको मात्रा पनि हो । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका अनुसार १२ वटै जिल्लामा डढेलो लागेको छ । मन्त्रालयका वन डढेलो नियन्त्रण युनिटका सदस्य केशर खड्काले डढेलो अझै बढ्न सक्ने बताए ।

यसपटक दाङको जंगलमा सबैभन्दा बढी ३० स्थानमा डढेलो लाग्यो । पश्चिम नवलपरासी र कपिलवस्तु, पाल्पा, गुल्मी, रूकुम पूर्वका धेरै वनमा डढेलो लाग्न पुग्यो ।

गर्मीयाममा डढेलो लाग्नु नयाँ होइन । तर यसपटक कल्पना गरेभन्दा बढी घटना भएको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

शर्माका अनुसार, यसपालिको हिउँद निकै सुख्खा भयो, मनसुन सकिएपछि एकैचोटि मध्य फागुनमा मात्र पानी पर्‍यो । केही दिन पानी परे पनि लामो खडेरीको सुख्खापनलाई त्यसले तोड्न सकेन । सुख्खापनले डढेलो लाग्न सघायो । छिट्टै बढेको तापक्रमले पनि डढेलो फैलिन सघाउ पुर्‍यायो । वैशाख पहिलो साता नै तराईका जिल्लाहरूमा तापक्रम ४३ डिग्री सेल्सियसभन्दा बढी पुगिसकेको थियो । 

‘विशेष गरी तराई बेस र चुरेक्षेत्रका जंगलमा डढेलो अनियन्त्रित बन्दै गइरहेको थियो । यसबीचमा भएको सामान्य वर्षाले केही ठाउँमा नियन्त्रणमा आएको छ,’ वातावरणविद् युवराज कंडेलले भने । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रेकर्ड राख्न थालेदेखि सन् २०२१ मा सबैभन्दा धेरै डढेलो लागेको थियो । 

त्यो वर्ष ६ हजार २ सय ८० ठाउँमा डढेलो लागेको थियो । यसपालि अहिले नै ६ हजारभन्दा बढी ठाउँमा डढेलो लागिसकेको तथ्यांक प्राधिकरणसँग छ । 

null

सामान्यतया डढेलो लाग्दा भुइँका स्याउला र बुट्यानहरूमा धेरै क्षति हुन्छ । ठूला रूखहरू अलिअलि जले पनि मर्दैनन् । गर्मीयाममा जंगलमा फाट्टफुट्ट डढेलो लाग्नु सामान्य कुरा हो । केही ठाउँमा मानिसहरूले जानीजानी आफैं आगो लगाउँछन्, केही ठाउँमा झुक्किएर वा लापरबाहीले आगो लाग्छ ।

कहिलेकाहीँ गर्मी निकै बढ्दा प्राकृतिक रूपमा निस्कने आगोले पनि डढेलो फैलाउँछ । तर अहिलेको डढेलो अरू बेलाको भन्दा फरक रहेको कंडेल बताउँछन् । ‘देशभरको अवस्था हेर्दा असामान्य अवस्था छ, जंगलका ठूल्ठूला रूख खरानी भएका छन् । यसपालि जस्तो अवस्था विगतमा थिएन,’ उनले भने ।

डढेलो देखे भोगेका स्थानीय यसपल्टको डढेलो निकै अत्यासलाग्दो भएको बताउँछन् । डढेलोले पाल्पाको पश्चिम क्षेत्रको ख्याहा र देउरालीको ठूलो वन, देउती खलाते र रिठे सामुदायिक वनमा ठूलो क्षति पुर्‍यायो । यसवर्ष डढेलोका घटना बढनुको कारण हिउँदमा कम वर्षा हुनु पनि हो ।

लुम्बिनी प्रदेशका अधिकांश स्थानमा फागुन तेस्रो साता दुई दिन मात्र पानी परेको थियो । वायुको प्रभाव घटेर वर्षा कम भएको हो । हिउँदमा केही स्थानमा वर्षा नहुँदा र धरैजसो स्थानमा खडेरीले डढेलोका घटना बढेका कंडेलको भनाइ छ । प्रज्वलनशील पदार्थ व्यवस्थापन ठूलो चुनौती हो । त्यसलाई संकलन गरेर व्यवस्थापन गर्न सके डढेलोका घटनालाई धेरै न्यूनीकरण गर्न सकिन्छ । 

इन्धनजन्य दाउरा र स्याउला जंगलमा अत्यधिक मात्रामा थुप्रिनु र लामो समय खडेरी पर्नु डढेलोको कारण हो । कुनै बेला वनमा दाउरा र खोस्मेरो (सुकेर झरेको पात) संकलनमा प्रतिस्पर्धा हुने मध्यपहाडी क्षेत्रमा अहिले संकलन गर्न नै छोडिएको छ । दाउराको सट्टा एलपी ग्यासको प्रयोग हुन थालेको छ । 

null

गाईभैँसी पाल्न छाडेपछि वनमा आश्रितको संख्या घट्दै गएको छ ।

शहरमा बसाइँसराइ हुँदा र खेतबारी बाँझो रहँदा परम्परागत रूपमा खोस्मेरो संकलन रोकिएको छ । अहिले वनमा थुप्रिएका दाउरा र स्याउला नै डढेलोको कारण बनेका शर्माले बताए । 

डिभिजन वन कार्यालय गुल्मीका निमित्त प्रमुख रामकुमार चौधरीले डढेलो मानवीय कारणले बढी लाग्ने गरेको बताए । यसले इको सिस्टमसमेत प्रभावित पारेको उनको भनाइ छ । महत्त्वपूर्ण जडीबुटी र जीवजन्तु नष्ट हुनुका साथै खानेपानी संकट र भूक्षय पनि हुने निमित्त डिभिजन प्रमुख चौधरीले बताए ।

आगो लगाउने व्यक्तिले आफू एक्लै हुँदा लगाउने भएकाले डढेलोमा संलग्न व्यक्तिहरू पहिचान गर्न समस्या देखिएको चौधरी बताउँछन् । आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रण सामग्रीको प्रयोग, अग्नि रेखा र सामुदायिक सचेतना आवश्यक छ । प्रकृतिका अनमोल सम्पदाको रक्षा गर्ने दायित्व सबैको हो । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x