×

NMB BANK
NIC ASIA

थ्रीस्टार र आर्मीको खेल बराबरीमा

जेठ २, २०८०

NTC
Premier Steels

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै एक एक अङ्क बाँडेका छन् । खेलको ६९ औँ मिनेटमा लाकेन लिम्बूले गोल गर्दै थ्रीस्टारलाई सुरुआती अग्रता दिलाए । थ्रिस्टारको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । 
    
खेलको ८६ औँ मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै खेललााई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो । यस बराबरी खेलसँगै थ्रीस्टारले १८ खेलमा २६ अङ्क जोडेको छ । थ्रीस्टार अङ्क तालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै समान खेल खेलको आर्मीको २५ अङ्क भएको छ । आर्मी छैटौँ स्थानमा रहेको छ ।
    
यसैगरी सातदोबाटोमा आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई १–० गोल अन्तरले पराजित गरेको छ । पुलिसको जितमा मोसेस ग्याबाह तुमले निर्णायक गोल गरे । उनले खेलको ६१ औँ मिनेटमा गरेको एक गोल नै पुलिसका लागि निर्णायक गोल सावित भयो । 

Muktinath Bank

यस जितसँगै पुलिस १८ खेलमा २२ अङ्क जोडेर अङ्क तालिकाको दशौँ स्थानमा उक्लेको छ । समान खेल खेलको एपिएफ २२ अङ्कसहित एघारौँ स्थानमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x