०३ साउन २०८३, आइतबार
ठगीको जालो

नक्कली शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

नक्कली शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ
फाइल फोटो

नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । 

यस प्रकरणमा पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग हुँदै आएको तथ्य फेला परेको थियो ।

प्रहरी स्रोतका अनुसार ठगी धन्दामा मियाँको पनि संलग्नता पाइएपछि बिहीवार पक्राउ गरिएको हो ।

उनले चढ्ने गाडी भने यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो ।

विशेष गरी टोपबहादुर रायमाझीसँग उनको कनेक्सन देखिएको प्रहरी स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्