०२ साउन २०८३, शनिबार

एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत थप पाँच वटा सेवा लिन सकिने

एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत थप पाँच वटा सेवा लिन सकिने

एनआईसी एशिया बैंकले भिडियो कलमार्फत थप पाँच वटा सेवा लिन सकिने व्यवस्था गरेको छ ।

बैंकले भिडियो कलमार्फत केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने व्यवस्था गरेको हो ।

डिजिटल बैंकिङमा मुलुकको अग्रणी स्थानमा रहेर सहज बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकहरूको लागि नयाँ सुविधा ल्याएको हो । भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै शुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवासमेत प्रणालीमा जोडिएको जनाएको छ ।

घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेवसाइटमा गएर चाहेको सेवा छनोट गरी बैंकलाई अनुरोध गर्न सकिने छ ।

परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्छ ।

यस नयाँ सेवाको सुरुवातसँगै ग्राहकको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न सकिने छ ।

हाल ३७ लाखभन्दा बढी ग्राहकहरू माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले ल्याएको यस नवीन सुविधाबाट स्वदेश तथा विदेशमा रहेका ग्राहकले भिडियो कलबाट सेवा लिन सक्ने हुँदा उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थित हुनुपर्ने झन्झटबाट मुक्ति मिल्ने बैंकको विश्वास छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो ।

यस बैंकले मुलुकभर ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय ९ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले जनाएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । 

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्