
सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी–एक्सयूभी ७०० र एक्सयूभी ३००कोे शोरुम स्थापना गरिएको छ ।
अग्नि ग्रुपले भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले एसयूभी एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’ र एक्सयूभी ३०० को बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको हो । क्षेत्रीय स्तरमा पहिलो आधिकारिक शोरूम स्थापना गरिएको महिन्द्राले जनाएको छ । एक्सयूभी ७०० र एक्सयूभी ३०० उपभोक्ताका लागि उपयुक्त रहेकाले विगतको तुलना अझै बढी सन्तुष्टि दिने महिन्द्राको अपेक्षा छ ।
नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
शोरुमको नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा कम्पनी केन्द्रित रहेको बताए ।
महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्ट पाइएको उनको भनाइ थियो । ‘हामी एक्सयूभी ७०० र एक्सयूभी ३०० लाई बजारको अद्वितीय आवश्यकताहरू पूरा गर्ने नयाँ भेरियन्ट मिक्सको साथ नेपालमा ल्याउन पाउँदा उत्साहित छौं’, उनले भने ‘हामी विश्वस्त छौं कि एक्सयूभी ७०० र एक्सयूभी ३०० को सुविधाहरू र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुनेछ र यसले अनुपम ड्राइभिङ अनुभव, सुरक्षा र डिजाइनको साथ उच्च स्तरको प्रदर्शनको संयोजन गर्ने कुरामा हामी विश्वस्त छौं ।’
उद्घाटन कार्यक्रममा इटहरीका लागि अग्नि ग्रुपका बिक्रेता रोयल अटो इन्टरप्राजेजका प्रबन्ध निर्देशक किरण भट्टराईले इटहरी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा, किफायती र गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने बताए ।