२९ असार २०८३, सोमबार

बयानकै भरमा पक्राउ गर्न मिलेन, तर अन्य व्यक्तिबारे पनि अनुसन्धान जारी छ– उपप्रम श्रेष्ठ

बयानकै भरमा पक्राउ गर्न मिलेन, तर अन्य व्यक्तिबारे पनि अनुसन्धान जारी छ– उपप्रम श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा आएका थप नामहरूबारे पनि अनुसन्धान भइरहेको बताएका छन् ।

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भु​टानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बिहीवार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने भन्दै उनले थप अनुसन्धान भइरहेको बताए ।

राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्ररूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको उनको भनाइ छ ।

​उपप्रम श्रेष्ठले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको बताए । 

उनले देशमा भ्रष्टाचार र कमिसनको जालो व्याप्त रहेको र त्यसलाई नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्