×

NMB BANK
NIC ASIA

प्रजातन्त्रवादी प्राध्यापक संघको चुनाव स्थगित हुँदैन : डा. शेखर कोइराला

जेठ १२, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रजातन्त्रवादी प्राध्यापक संघको राष्ट्रिय अधिवेशन समयमा नै हुनुपर्ने बताएका छन् ।

Muktinath Bank

शुक्रवार कोइराला निवास विशालनगरमा संघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा उनले लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष भनेको नै अधिवेशन रहेको भन्दै संघको राष्ट्रिय अधिवेशन समयमै हुनुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिवेशनबाट आउने नयाँ नेतृत्व सकेसम्म सहमतिमा र नभए लोकतान्त्रिक पद्धतिबाट चयन गर्न पनि उनले सुझाव दिएका छन् ।


Advertisment
Nabil box
Kumari

नेता कोइरालाले प्राध्यापकहरूको हक र हितको लागि संस्थाले उदाहरणीय काम गरिरहेको भन्दै अब विश्वविद्यालयको सुधार र प्राज्ञिकस्तर वृद्धिमा लाग्न संघलाई सुझाव पनि दिए । नयाँ नेतृत्वले यी विषयलाई समेटेर अघि बढ्ने विश्वास रहेको उनले बताए ।

Vianet communication

भेटमा संघका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले आम प्राध्यापकका मुद्दा समेट्न  र संगठनलाई गतिशील बनाउन पाँचौं राष्ट्रिय अधिवेशन अपरिहार्य भएको बताए । कोरोना महामारी र आम चुनावका कारण यसअघि पटक–पटक सर्दै आएको पाँचौं अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने गरी आफूहरू तीव्र तयारीमा लागेको उनको भनाइ थियो। 

भेटमा अध्यक्ष तिमिल्सिनाले महाधिवेशनको विशिष्ट अतिथिको रूपमा उपस्थितिका लागि कोइरालालाई निमन्त्रणा पत्र समेत प्रदान गरेका थिए । 

संघको राष्ट्रिय अधिवेशन आगामी जेठ १९ र २० गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । महाधिवेशनले आगामी तीन  वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अहिलेसम्म अध्यक्ष पदका लागि वर्तमान सचिव विष्णु पोख्रेलले मात्रै दाबेदारीको घोषणा गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x