×

NMB BANK
NIC ASIA

जनकपुरको चुनाव : बुवाले छोरालाई, छोराले बुवालाई भोट नदिने !

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम– तेस्रो चरण अन्तर्गत दुई नम्बर प्रदेशमा असोज २ गते हुने चुनावका लागि बुधबार(हिजो) उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उल्लास पूर्ण रुपमा सकिएको उम्मेदवारी दर्तासँगै दुई नम्बर प्रदेशको चुनावी चहलपहल बढेको छ ।

चुनावमा उम्मेदवार बन्नका लागि बुधबार उम्मेदवारी दर्तामा केही रोचक दृश्यहरु देखिए ।

मनोनयन दर्ता रातभर चलेको थियो भने एकै परिवारका सदस्य फरक फरक पार्टीकाट उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

यसैबीच जनकपुर उपमहानगरपालिकामा बुवा र छोरा फरक फरक पार्टीबाट उम्मेदवार बनेका छन् । बुवा–छोरा फरक फरक पार्टीबाट उम्मेदवार बन्नका लागि उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर ५ का ६४ वर्षीय ईसुफ धोबीले राष्ट्रीय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयर पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने उनका छोरा २८ वर्षीय ईद मोहम्मद साफीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट जनकपुर उपमहानगरपालिकाको वडा नम्बर ५ को वडाअध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बुवा छोरा नै फरक फरक पार्टीबाट उम्मेदवार बन्ने भएपछि भोट विभाजित त हुने नै भयो ।

राप्रपाबाट उपमेयरका उम्मेदवार बनेका बुवा ईसुफले आफूले आफ्नै दलको उम्मेदवारलाई भोट दिने बताए । ‘‘म आफ्नो पार्टीका लागि भोट माग्छु, छोरालाई भोट दिन्न ।’’ छोरा ईद पनि आफूलाई उम्मेदवार उठाएको पार्टी राजपाका उम्मेदवारलाई नै मतदान गर्ने बताउँछन् ।

‘‘म मधेश आन्दोलनको सिपाही हो, राप्रपाबाट उठ्नु भएका आफ्ना बुवालाई भोट नदिइ राजपाका उपमेयरका उम्मेदवारलाई भोट दिन्छु ।’’

‘अब मेरो त भविष्य छैन, तर पनि चुनावमा पार्टीका केन्द्रीय नेताले उपमेयरमा टिकट दिएपछि मेरो पनि फर्ज हो की पार्टीप्रति प्रतिवद्ध हुने, न की छोराप्रति ।’ बुवा धोबी भन्छन् ‘ प्रजातन्त्र हो, कसैले कसैलाई रोक्न सक्दैन । मैले पनि छोरालाई रोक्ने कुरा भएन ।’

छोरा साफी पनि भन्छन्, ‘मेरो बुवा आज होईन पञ्चायतकाल देखि नै राप्रपामा आवद्ध हुनुहुन्छ । हेमबहादुर मल्लको निकट भएर काम गर्नुभएको छ । नलड्नुस् भनेर बुवालाई पनि कसरी रोक्ने ?’

उम्मेदवारी दिएसँगै एकै परिवारमा बस्ने अन्य सदस्य भने समस्यामा परेका छन्, कसको पक्षमा लाग्ने भन्नेमा । बुवा र छोरा फरक फरक पार्टीका उम्मेदवार बन्दै आजैबाट प्रचारमा समेत जुटेपछि परिवारका सदस्य कसको झण्डा बोकेर प्रचारमा हिड्ने भन्नेमा समस्यामा परेका हुन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x