×

NMB BANK
NIC ASIA

टेलिकम प्रयोगकर्ता २ करोड नाघे, सक्रिय प्रयोगकर्ता कति ?

काठमाडाैं | जेठ २९, २०८०

NTC
Premier Steels

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का भ्वाइस सेवाका प्रयोगकर्ता २ करोड नाघेका छन् ।

Muktinath Bank

नेपाल दूरसञ्चार प्राधिकरणले जेठमा सार्वजनिक गरेको फागुनसम्मको तथ्यांक अनुसार टेलिकमको सीम कार्ड, ल्यान्डलाइन फोन, इन्टरनेट सहितबाट सेवा लिइरहेका भ्वाइसका प्रयोगकर्ताको संख्या २ करोड ८ लाख १ हजार पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिकमको विभिन्न सेवा प्रयोग गर्ने यस्ता सेवाग्राहीमध्ये सबैभन्दा बढी प्रयोगकर्ता मोबाइलको सीमकार्ड प्रयोग गर्नेछन् । टेलिकमले वितरण गरेको सीमकार्डको विवरण अनुसार सबैभन्दा बढी प्रयोगकर्ता जीएसएम (पोस्टपेड तथा प्रिपेड) मोबाइलको सीमकार्ड प्रयोगकर्ता छन् ।


Advertisment
Nabil box
Kumari

टेलिकमले वितरण गरेको जीएसएम सीम कार्डमा २ करोड प्रयोगकर्ता छन् । 

Vianet communication

टेलिकमको प्रयोगकर्तामा सीडीएमए प्रविधिको सीमकार्ड प्रयोग गर्ने पनि छन् । सीडीएमए प्रयोगकर्ता अझै ३ लाख १९ हजार ६६२ छन् । टेलिकमले सीडीएमए प्रविधिलाई विस्थापन गर्दै लगेकाले यसका प्रयोगकर्ता घटिरहेका छन् ।

बजारमा अहिले टेलिकमले नयाँ सीमकार्ड वितरण गर्दा पनि जीएसएमका मात्रै गरिरहेको छ । 

टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईका अनुसार टेलिकमले पछिल्लो समय नयाँ प्रविधि थप नगरेको र टेलिमकले लगानी जीएसएम प्रविधिमा मात्रै गरेकाले सीडीएमए घट्दै गएको हो । अझै ३ लाख प्रयोगकर्ता भए पनि बिस्तारै यी पनि विस्थापित भएर जीएसएममा आउने भट्टराईले बताए । उनका अनुसार टेलिकमले सीडीएमएका ग्राहकलाई जीएसएममा सिफ्ट हुन प्रोत्साहन गरिरहेको छ ।

टेलिकमले भ्वाइस सेवाका लागि फाइबर टु द होममार्फत भ्वाइस सेवा पनि दिएको छ । यस्तो सेवाबाट भ्वाइस सेवा लिनेमा २ लाख ६६ हजार ८३३ ग्राहक रहेको टेलिकमले जानकारी दिएको छ । टेलिकमका अनुसार वायरलेस प्रविधिबाट १ लाख १६ हजार ९७४ सेवाग्राहीले भ्वाइस सेवा लिइरहेका छन् ।

टेलिकमको फिक्स्ड लाइन टेलिफोन (पीएसटीएन) प्रयोगकर्ता ४ लाख ४६ हजार ११८ छन् ।

भ्यावाइ सेवाबाहेक टेलिकमको ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या २ लाख ८१ हजार, केबल/एफटीटीएचका प्रयोगकर्ता ९ लाख ७३ हजार र लिज लाइन इन्टरनेटका प्रयोगकर्ता ८९० छन् । 

डाटा प्रयोगकर्तामा सबैभन्दा ठूलो हिस्सा मोबाइल ब्रोडब्याण्डको छ । टेलिकमका अनुसार फोरजीका प्रयोगकर्ता १ करोड २३ लाख ५७ हजार, थ्रीजीका प्रयोगकर्ता ५ लाख ८७ हजार र ईभीडीओका प्रयोगकर्ता १ लाख ३६ हजार छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x