फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
काठमाडाैं | जेठ ३२, २०८०
घटना नं १ – वैशाख ८ गते काठमाडौंको सरस्वतीनगरमा भाँडा पसल गर्ने नीरा आर्चायको छुरा प्रहार गरी हत्या भयो ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले सीसीटीभी क्यामेराको सहायता खोज्यो । नीराको पसलअगाडि सीसीटीभी क्यामेरा त थियो तर बिग्रिएको थियो । हत्यारा पत्ता लगाउन प्रहरीलाई परपरका क्यामेराको सहायता लिनुपर्यो ।
घटना नं. २ – जेठ ३ गते साँझ राजधानीको व्यस्त सडक रत्नपार्कमा अर्घाखाँचीका चिन्तामणि भुसाललाई मोटरसाइकलले ठक्कर दियो । गम्भीर घाइते भुसालको दुई हप्तापछि उपचारका क्रममा मृत्यु भयो । तर ठक्कर दिने मोटरसाइकल आजसम्म पनि पत्ता लागको छैन । रत्नपार्क क्षेत्रमा सीसीटीभी त राखिएका छन्, सीसीटीभीले भिडियो कैद गरेको भेटिएन ।
यी प्रतिनिधिमूलक घटनाले राजधानीमा जडित सीसीटीभीको अवस्थाको चित्रण गर्छ । शान्ति सुरक्षा कायम गर्न तथा घटनाको अनुसन्धान गर्न प्रहरीले प्रविधिको पनि सहारा लिनुपर्ने हुन्छ । तर यी उदाहरण हेर्दा प्रहरीले प्रविधिको भरपूर उपयोग गर्न नसकेको प्रष्ट देखिन्छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका सीसीटीभी क्यामेराको निगरानी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले गर्दै आएको छ । प्रहरी कार्यालयमा पुग्दा सीसीटीभीले राम्रोसँग काम गर्न नसकेको प्रष्ट देखियो । धेरैजसो डिस्प्ले ‘ब्ल्याक’ थिए । कुनैमा सिग्नल अड्किएका थिए । देखिएका कतिपय डिस्प्लेमा धमिलो फूटेज देखिन्थ्यो ।
सीसीटीभी क्यामेरा निगरानी कक्षमा पुग्दा शहरका चोकचोकमा जडित क्यामेराहरूमा अधिक प्राविधिक समस्या रहेको र राम्रोसँग काम नगरेको प्रष्ट देखिन्छ । प्रहरीले सीसीटीभी क्यामेरा मर्मतका लागि टोली पनि परिचालन गर्ने गर्ने गरेको छ, तर पनि बिग्रिएका क्यामेरा भने मर्मत भएका छैनन् ।
यता प्रहरी कार्यालयले भने अहिलेको समस्यालाई विस्तारै समाधान गर्दै लैजाने बताएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली यी चुनौतीलाई समाधान गर्ने बताउँछन् । ‘यो प्रविधि हो, ठ्याक्कै गणितजस्तो हुन्न,’ उनी भन्छन्, बिग्रिएका छन् भने बनाउनुपर्छ, हामी बनाउने प्रयासमा रहने छौं ।’
सरकारले सबै स्थानमा सीसीटीभी क्यामेरा नजोडेको भन्दै उनले कतिपय क्षेत्रमा निजी सीसीटीभी क्यामेराको पनि सहायता लिने गरेको बताए ।
‘प्रहरीले जसरी प्रविधिको सहयोग लिनुपर्ने हो, त्यसलाई प्रभावकारी तबरले काम गर्न लागि परेका छौं,’ उनी भन्छन्, ‘आवश्यक स्थान तथा बिग्रिएको क्यामेरा फेर्न नयाँ क्यामेरा खरिद प्रक्रिया अघि बढेको छ ।’
प्रहरीले आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको दाबी गरे पनि यी प्रविधिलाई भने राम्रोसँग उपयोग गर्न नसकेको प्रष्ट देखिन्छ । हाल प्रहरीसँग कतिवटा सीसीटीभी क्यामेरा छन् भन्ने यकिन तथ्यांक पनि प्रहरीले सार्वजनिक गरेको छैन ।
चौबीसै घण्टा ‘इगल आई’को रूपमा काम गर्ने सीसीटीभी क्यामेरामा आउने त्रुटि तथा अवरोधलाई हटाउन प्रहरी तत्पर रहनुपर्ने हुन्छ ।
भएका साधन तथा गरिएको खर्चको उचित उपयोगमा प्रहरी तथा सम्बन्धित निकायहरूको ध्यान जानु आवश्यक छ ।
हेर्नुहोस्, भिडियो :
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...