०४ साउन २०८३, सोमबार

‘धुर्मुस–सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक

असार ११, २०८०
काठमाडौं
‘धुर्मुस–सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक

सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को जोडीले वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक गरेका छन् । 

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । 

सोही फिल्म सोमवार दिउँसो ‘धुर्मुस सुन्तली’युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

फिल्ममा सीताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइनेछ । फिल्ममा उनीहरूसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस र सुन्तली स्वयंमले गरेका हुन् । 

फिल्मबारे धुर्मुसले भनेका छन्, ‘यो ठूलो पर्दाको फिल्म भने होइन ! करिब २ घन्टा समय अवधि को यो फिल्म नितान्त यहाँहरुको मनोरञ्जनको लागि तयार पारिएको हो ।’ 

आगामी दिनमा पनि दर्शकको रोजाई अनुरुपमा फिल्म निर्माण गर्ने योजना धुर्मुस सुन्तलीको छ । 

सुदिप बरालको छायांकन रहेको यो फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्