×

NMB BANK
NIC ASIA

खप्तडमा छायांकन गरिएको गीत ‘सधैं यस्तै मीठा कुरा’ सार्वजनिक

काठमाडाैं | असार २४, २०८०

NTC
Premier Steels

सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायांकन गरिएको ‘सधैं यस्तै मीठा कुरा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

Muktinath Bank

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्व पर्यटनमन्त्री प्रेम आलेले गीतको विमोचन गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुगम संगीतका चर्चित गीतकार तथा संगीतकार दिपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड शंकर र बेनिशा पौडेलको रहेको छ । पर्यटकीय क्षेत्र खप्तडलाई सुटिङका लागि समेत उपयुक्त ठाउँका रुपमा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडियो निर्माण संयोजन समेत गरेका कलाकार सनम कठायतले जानकारी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

डोटी घर भएका कलाकार कठायतले आफ्नो क्षेत्रलाई प्रवर्द्धनका लागि अभियानका रुपमा यसपटक खप्तडमा केही गीत सुटिङ गरिएको बताए । उनले भने, ‘हामीले आफ्नो कर्तव्य ठानेर यसपल्ट सुटिङ स्पट खप्तड रोज्यौँ । अभियानमा बझाङको खप्तड छान्ना गाउँपालिका, कार्की क्रियसनलगायतले सघाएका छन् ।’ यो गीतमा कठायतसँगै निशा कार्कीको अभिनय देख्न पाइन्छ । 

Vianet communication

गीत निर्देशन खप्तड क्षेत्र फैलिएको अर्को जिल्ला बाजुरा घर भएर अहिले पत्रकारिताका साथै देउडा गीत लेखन र म्युजिक भिडियो निर्देशन समेत गरिरहेका डिबी खड्काले गरेका हुन् ।

क्रियटिभ निर्देशक जनक सिंह, सिनेमाटोग्राफर दीपक गिरीलगायत पनि सुदूरपश्चिमबाटै आएर नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्ति हुन् । म्युजिक भिडियो सम्पादन विकास दाहालले गरेका छन् । 

गीत युट्युबमा ‘कार्की क्रियसन’बाट सार्वजनिक भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x