×

NMB BANK
NIC ASIA

निर्मला पन्त हत्याको ५ वर्ष

निर्मला हत्या प्रकरण : ५ वर्षमा ५ आईजीपी, हात लाग्यो ‘शून्य’

काठमाडाैं | साउन ५, २०८०

NTC
Premier Steels

निर्मला हत्याकाण्डको ५ वर्ष बित्न लाग्दा पनि प्रहरी अनुसन्धान शून्यको स्थितिमा छ । अनुसन्धानले नयाँ पर्दा उघारेर दोषी पत्ता लगाउन सकेको छैन । 

Muktinath Bank

यसबीचमा सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली, शैलेस थापा क्षेत्री, धीरजप्रताप सिंह र वसन्तबहादुर कुँवर (बहालवाला) प्रहरी महानिरीक्षक (आईजीपी) भएका छन् । ५ जना आईजीपी फेरिँदासमेत निर्मला पन्तको हत्यारालाई प्रहरीले कानूनी कठघरामा ल्याउन सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झण्डै ५ वर्षअघि २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । शुरूमा गिजोलिएको अनुसन्धान जुन स्थितिमा अड्कियो, अहिले पनि त्यही स्थितिमा छ ।


Advertisment
Nabil box
Kumari

शुरूको अवस्थामा दोषी देखाइएका दिलिपसिंह विष्टमाथि नै अड्किएर प्रहरी बसेको छ । तर, उनलाई अभियुक्त बनाउन पर्याप्त प्रमाण बाँकी छैन । न दोषी पत्ता लाग्छ, न यो प्रकरण सेलाउन सकेको छ ।

Vianet communication

निर्मलाको शव भेटिएको ठाउँमा पानीले उनको सल र कपडा पखालिएको थियो, त्यतिबेलै हत्याका बचेखुचेका प्रमाण पनि पखालिए ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू निर्मला हत्या प्रकरणमा दिलिप नै संलग्न रहेको दाबी गर्छन्, तर ठोस प्रमाणले पुष्टि गर्न सकिरहेका छैनन् ।

यसबीचमा दिलिपलाई एकपटक पक्राउ गरेर छाडिएको थियो ।

निर्मला हत्याको गुत्थी सुल्झाउनका लागि विभिन्न समिति बने, तर जति समिति बने पनि हत्या प्रकरणलाई सुल्झाउन भने सकेनन् । 

तत्कालीन एआईजी धिरु बस्न्यातको संयोजकत्वमा बनेको समितिले ०७५ पुस ३ गते प्रतिवेदन बुझाउँदै प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी)सहित प्रहरी कर्मचारीहरूले कमजोरी गरेको भन्दै कारवाही गर्न सुझाव दियो ।

अनुसन्धानका लागि भन्दै तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तथा भूतपूर्व आईजीपी ठाकुर ज्ञवालीको नेतृत्वमा एउटा टोली समेत पठाइएको थियो, तर त्यसबाट केही हात लागेन । तत्कालीन आईजीपी सर्वेन्द्र खनालले पटक–पटक निर्मला हत्या प्रकरण सुल्झाउने बताउँदै आए, तर त्यत्तिकै घर फर्किए । 

त्यसपछि घटनाको अनुसन्धान गरेका ठाकुर ज्ञवालीले आईजीपीको फुली लगाउँदालगाउँदै निर्मला हत्याको दोषीलाई कानूनी कठघरामा उभ्याउने भनेर पत्रकारहरूमाझ बोले । तर, उनको कार्यकाल पनि निर्मला प्रकरणको फाइल नखोली सकियो । त्यसपछिका आईजीपी शैलेश थापा क्षेत्री र धीरजप्रताप सिंहले यस विषयमा चुइँक्कसम्म बोलेनन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १६ वर्षीया किशोरी भागरथी भट्टको हत्याका आरोपी १६ वर्षीय किशोर दिनेश भट्टलाई प्रमाणसहित अदालतमा उभ्याएको प्रदेश प्रहरीले निर्मला प्रकरणमा नयाँ सिराबाट अनुसन्धान गर्ने बताएको थियो ।

तत्कालीन प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पछि एआईजी भएर केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको बागडोर सम्हाल्ने ठाउँमा समेत पुगे, तर केही गर्न सकेनन् ।

‘हामीले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि बिल्कुलै नयाँ तरिका, नयाँ प्रहरी अधिकृतबाट अनुसन्धान गरेका छौं । अनुसन्धानले प्रमाण जुटाउने कुरामा पनि नयाँ ढंगले काम गरेको छ,’ तत्कालीन समयमा सुवेदीले लोकान्तरसँग बनेका थिए ।

अहिले प्रहरीको नेतृत्वमा आईजीपी वसन्तबहादुर कुँवर छन् । भर्खरै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाका मुख्य नाइकेहरूलाई कानूनी कठघरामा उभ्याएका उनलाई अर्को चूनौती निर्मला पन्तका हत्यारालाई कठघरामा उभ्याउनु रहेको छ ।

आईजपीको सचिवालयलाई मान्ने हो भने अहिले निर्मला पन्तको हत्याका विषयमा कुरा उठिरहेको छ । २/३ वटा बैठक त्यसै विषयमा बसेको छ । तर, खास प्रगति केही भएको देखिएको छैन ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले ५ वर्षदेखि प्रहरी निरन्तर अनुसन्धानमा लागेको दाबी गरे ।

‘प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको छ, अहिलेसम्म पत्ता लागेको छैन,’ डीआईजी कडायतले लोकान्तरसँग भने, ‘अनुसन्धान टुङ्गो लागेपछि पत्रकारहरूलाई जानकारी गराउँछौं ।’

उनले केन्द्रबाट खटिएको प्रहरी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले निरन्तर अनुसन्धान गरिरहेको दाबी गरे । 

तत्कालीन आईजीपीको स्वीकारोक्ति– ‘प्रहरीबाट गल्ती भएकै हो’

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले हतारमा नतिजा खोज्दा प्रहरीबाट केही गल्ती भएको स्वीकार गरिसकेका छन् । पूर्व आईजीपी खनालले संसद्को एउटा समितिमा बोल्दै प्रहरीबाट गल्ती भएको स्वीकारेका थिए । 

गोलमटोल अनुसन्धान

निर्मलाको बलात्कारपछि हत्या भएको एक महिनामा प्रहरीले भीमदत्तनगरकै दिलिपसिंह विष्टलाई पक्राउ गर्‍यो  । 

घरमा गएर दिलिपले लगाउने सर्टको खल्ती च्यातेर घटनास्थलमा फाल्ने, घटनास्थलमा गएर प्रमाण भेटिएको भन्दै मुचुल्का उठाएर उनलाई निर्मलाको हत्यारा करार गर्न नाटक मञ्चन गरिएको थियो । तर, दिलिपको डीएनए नमिलेपछि उनलाई रिहा गरियो ।

२०७५ मंसिर २३ कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का प्रदीप रावल र विशाल चौधरीमाथि अनुसन्धान अघि बढाएको प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्तनजिक पुगिसकेको बताएको थियो, तर पछि उनीहरू पनि अभियुक्त नभएको भन्दै छाडियो ।

प्रहरीले पुनः दिलिप विष्टलाई नै अपराध सकार्न यातना दिएको घटना बाहिरिएको थियो । प्रहरीले त्यो समयमा अनुसन्धान राम्रोसँग नगरेको भन्दै आक्रोशलाई शान्त पार्नका लागि कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको थियो । घटना भएको दिनदेखि नै अनुसन्धामा हेलचेक्राइँ गरेको, प्रमाण नष्ट गरेको तथा पीडित परिवारलाई धम्क्याएको अभियोग लागेका दुई प्रहरी अधिकृत सेवाबाट हटाइएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जगदिशचन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्दाका शाखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रमुख प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई पनि गृह मन्त्रालयले निलम्बन गरेको थियो ।  

२०७५ साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । घटना भएको ५ वर्ष बित्न लाग्दा पनि पीडित परिवारले अझै न्याय पाउन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x