×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक सर्वसम्मतले पारित

सुर्खेत | साउन ८, २०८०

NTC
Premier Steels

 कर्णाली प्रदेशसभाबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ सर्वसम्मतले पारित भएको छ । 

Muktinath Bank

प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २६औँ बैठकबाट उक्त विधेयक पारित भएको हो । सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीलाई समग्रमा विधेयक पारितका लागि सभामा प्रस्ताव गर्न अनुमति दिएसँगै सभामा प्रस्ताव गरिएको उक्त विधेयक सर्वसम्मतिले पारित भयो । पारितपश्चात् सो विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ रुपान्तरण भएको सभामुख गुरुङले जनाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का, सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावत र सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आर्थिक वर्ष २०७९/८० को समग्र विवरणसहितको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी, आज बसेको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले कामको सिलसिलामा भारतको गढवालमा यही साउन ५ गते गुराँस गाउँपालिका–१ दैलेख छेप्की गाउँका एकाघरका तुलबहादुर र दलबहादुर ढेङ्गा मगर र छिमेकी पूर्णबहादुर तारामी विषालु च्याउ खाएर मृत्यु हुँदा घरपरिवारमा विचल्ली भएको बारे सरकारको ध्यानाकर्षण गराए । मृतकहरुको काजक्रिया र उनीहरुका बालबालिकाको आवश्यक व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे ।

Vianet communication

सोही समयमा प्रदेशसभा सदस्य देवेन्द्र शाहीले जुम्ला तथा कर्णाली लागुऔषधले आक्रान्त बनेको बताउँदै त्यसकै दुश्परिणामका कारण यही साउन ५ गते जुम्लामा सात घर र एक ट्र्याक्टर जलाउने काम भएको बताए । प्रतिबन्ध नभएको तर लागुऔषध प्रयोगकर्ताहरूले सजिलै प्रयोग गर्नसक्ने औषधि प्रतिबन्ध लगाउन आग्रह गर्दै उनले यसको रोकथाम प्रहरीमा सीमित नराखी प्रदेश सरकारले नयाँ रणनीति बनाउनुपर्नेमा जोड दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x