×

NMB BANK
NIC ASIA

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित

कैलाली | साउन ८, २०८०

NTC
Premier Steels

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा एक सातादेखि तालाबन्दी हुँदा नियमित काम प्रभावित भएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित भएको हो । 

Muktinath Bank

    केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित भएको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “यही साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ”, उनले भने, “वार्ताका लागि पहल भए पनि अहिलेसम्म छलफल हुनसकेको छैन ।”             


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय आयोजक कमिटीका सह–सचिव दीपकराज अवस्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरिएको जानकारी दिए । “हामीले राखेका माग सम्बोधन नभएपछि तालाबन्दी गर्न बाध्य भएका हौँ” उनले भने, “तालाबन्दी गरेको एकसाता बित्दा पनि छलफलका लागि बोलाएको छैन ।” 


Advertisment
Nabil box
Kumari

विश्वविद्यालयले छलफलमा बोलाए आफूहरू जाने उनको भनाइ छ । उनले गत पुसमा अनेरास्ववियु र विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, मानविकी सङ्कायतर्र्फ आवश्यक रहेका प्राध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने, छात्रावास निर्माण गर्नुपर्ने, विश्वविद्यालयका प्राध्यापकहरू बाहिर निजी शैक्षिक संस्थामा अध्यापन गर्ने कार्य तत्काल रोक्नुपर्नेलगायत नौ बुँदे माग अघि सारेको बताए  । 

Vianet communication

    त्यसैगरी, कार्यविधि मापदण्डविपरीत कर्मचारी प्राध्यापकहरूको सरुवा गर्ने, समयमै कोर्स पूरा गर्नुपर्ने, विश्वविद्यालयको निर्देशक पदमा पूर्णकालीन रुपमा काम गर्नुपर्ने भए पनि सो काम छोडेर केन्द्रीय क्याम्पसमा आर्थिक लाभका लागि पढाउन जाने निर्देशकहरूलाई तत्काल कारबाही गर्नुपर्ने र परीक्षा नियन्त्रण कार्यालयको सह–नियन्त्रक पदमा नियुक्ति भएकाहरूसमेत आर्थिक लाभका लागि क्याम्पसमा पढाउन जाने कार्य भइरहेकाले सो कार्यमा संलग्नहरूलाई समेत कारबाही गर्नुपर्ने माग विद्यार्थी सङ्गठनको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x