×

NMB BANK
NIC ASIA

बस टिकटिङमा डिजिटल फड्को

दैनिक ३ हजारले लिन्छन् बससेवामार्फत् अनलाइन टिकट, ५ वर्षमा २० हजार पुर्‍याउने लक्ष्य

काठमाडाैं | साउन २१, २०८०

NTC
Premier Steels

नौ वर्षअगाडि जम्मा १० कम्पनीका बसको टिकट अनलाइनमार्फत् दिनेगरी सेवा शुरू गरेको बससेवासँग अहिले ३०० भन्दा बढी कम्पनी जोडिएका छन् । २१ साउन २०७१ बाट औपचारिकरूपमा सार्वजनिक यातायातको अनलाइन टिकटिङ शुरू गरेको बससेवा आजैबाट १०औं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा बसेवामार्फत् टिकटिङले डिजिटल फड्को मारिसकेको छ । 

Muktinath Bank

पछिल्लो नौ वर्षमा बसको अनलाइन टिकटिङमा बढेको विश्वास, प्रविधिको प्रयोग र यात्रुको सहजताका कारण अहिले दैनिक सरदर ३ हजार यात्रुले अनलाइन सेवा लिन थालिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बससेवासँग आबद्ध सार्वजनिक सवारीमा दैनिक ३५ हजार सीट उपलब्ध छन् । उपलब्ध सीटमध्ये बससेवाको प्लेटफर्मबाट दैनिक १० प्रतिशत मात्रै टिकट बिक्री हुन्छ । यसलाई शतप्रतिशत पुर्‍याउने लक्ष्यका साथ बससेवाले काम गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

सबैलाई अनलाइनबाटै टिकट दिलाउने लक्ष्यका साथ अगाडि बढेको छ, बससेवा । आगामी ५ वर्षभित्रमा दैनिक २० हजार टिकट अनलाइबाटै कटाउने विश्वासका साथ बससेवाले काम गरिरहेको छ ।

Vianet communication

बससेवाको माध्यमबाट शुरू भएको अनलाइन टिकटिङका कारण यात्रुलाई बस काउन्टरमा गएरै टिकट काट्नुपर्ने झञ्झट अन्त्य भएको छ ।

समयको बचत, रोजेकै टिकट छानीछानी लिन पाउने सुविधासहित यात्रुलाई प्रविधिको प्रयोगमा अभ्यस्त बनाउन सकिएको बससेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीआर खनाल बताउँछन् । 

 बससेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीआर खनाल ।

अनलाइनबाट टिकट दिन थालेपछि यात्रुलाई सहज मात्रै भएको छैन, यातायात सेवालाई नै रूपान्तरणतर्फ लगेको बससेवाले गरेको छ ।

‘यात्रुहरू अगाडिको सीट पाउन बसपार्कमै जानुपर्ने, टिकटको बूकिङ खुल्यो भनेपछि दौडिएर काउन्टरसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ,’ खनालले भने, ‘अहिले त काउन्टरमा गएर पनि रोजेको टिकट पाइने ग्यारेन्टी हुन्न, बरु अनलाइनबाट लिँदा रोजेर उपयुक्त सीट लिन सकिने अवस्था छ ।’ 

पछिल्लो समय काउन्टरमा भीड घटेको मात्र नभई समग्र यातायात सेवाको सिस्टम नै परिवर्तनतर्फ गएको दाबी खनालले गरे ।

काठमाडौंबाट छुट्ने सबैजसो रुटमा बससेवाबाट टिकट काट्न सकिने अवस्था छ । साथै, सबै प्रमुख शहर जोड्ने माध्यम पनि बससेवा बन्न सकेको छ । हाल बससेवबाट मुलुकभरका २ सयवटा गन्तव्यका लागि मोबाइलबाटै टिकट लिन सकिने सुविधा पुगेको छ । 

सम्पूर्ण यातायात प्रणाली डिजिटल भइनसके पनि टिकटिङ प्रणालीलाई डिजिटल बनएको जस बससेवाले पाउन थालेको छ । 

यात्रुले जहाँबाट टिकट लिए पनि अनलाइनबाटै हुन्छ, चाहे सम्बन्धित बसको काउन्टरमा पुग्नु वा मोबाइल एपमा । स्मार्ट मोबाइलको प्रयोगसँगै युवापुस्तामा अनलाइन टिकटिङप्रति विश्वास समेत बढ्दै गएको छ । पुरानो पुस्ताको तुलनामा प्रविधिको प्रयोग गर्ने युवापुस्ता नै बढी छन् । युवापुस्तासम्म विभिन्न माध्यमबाट प्रविधिको प्रयोग र जानकारी छिटो पनि पुग्छ ।

मानिसहरूको व्यस्त दैनिकीका कारण टिकट लिन सम्बन्धित बसको काउन्टरमै जानुभन्दा अनलाइनबाट लिन सजिलो, छिटो र सहज हुन्छ । यसलाई बुझ्ने यात्रुले अनलाइन नै प्रयोग गरेका छन् ।

अनलाइनको प्रयोग गरेर टिकट लिने यात्रु वार्षिक दोब्बर संख्याले बढ्दै गएको बससेवाका सीईओ खनालको भनाइ छ । 
बससेवाले अनलाइनबाट टिकट लिएका यात्रुका लागि यात्रु प्रतिक्षलय समेत निर्माण गरेर सेवा दिइरहेको छ । काठमाडौैंबाट बाहिरिने यात्रुका लागि कलंकीमा यात्रु प्रतिक्षालय स्थापना गरिएको छ ।

यस्तो यात्रु प्रतिक्षालय विस्तारै बढाउँदै जाने योजनामा बससेवा छ । प्रतिक्षालय अनलाइन र काउन्टर दुवैतिरबाट टिकट लिने यात्रुले प्रयोग गरिरहेका छन् । यसले सबैलाई सहज भएको छ । 

काउन्टरबाट टिकट जाँदा अगाडिको टिकट छिटो बिक्री हुने गरेको थियो भने अनलाइनबाट बीचको सीट प्राथमिकतामा पर्ने गरेको छ । शायद बीचमा बस्दा बसमा भएको टेलिभिजन हेर्न कम्फर्ट भएको हुनाले पनि यात्रुहरूले बीचको सीट बढी रोजेको हुनसक्ने खनालको बुझाइ छ ।

अनलाइनबाट टिकट उपलब्ध गराएबापत बससेवाले यात्रुबाट अतिरिक्त सेवा शुल्क भने लिँदैन । काउन्टरमा जाँदा जति शुल्क पर्छ त्यही शुल्कमा अनलाइनबाट टिकट काट्न पाइन्छ ।

अनलाइन सेवाको प्रवर्द्धन गर्न क्यासब्याक तथा विभिन्न अफर आइरहने भएकाले यात्रुलाई घरमै बसेर मोबाइलबाटै टिकट काट्नुमा बढी फाइदा रहेको पनि बससेवाका सीईओ खनाल बताउँछन् । 

बसका यात्रुलाई सामान्य अवस्थामा भन्दा सडकमा समस्या उत्पन्न भएका बेला तथा चाडबाडको समयमा टिकट पाउन गाह्रो हुने गरेको छ । तर बस सेवाले यो समस्या पनि अन्त्य गरिदिएको छ ।

सार्वजनिक सवारी जति व्यवस्थित हुँदै जान सक्यो उति छिटो सिस्टम व्यवस्थित हुँदै जाने तर्क खनालले गरे ।

अनलाइन टिकट लिन सबै वाणिज्य बैैंकको एप, इसेवा वालेट र बससेवाको वेबसाइट प्रयोग गर्न सकिने व्यवस्था तयार भएको छ ।

प्रविधिको भरपूर प्रयोग गर्दै यात्रुलाई थप सेवा सुविधा दिएर आकर्षित गर्ने प्रयास आफूहरूले गरिरहेको खनालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x