२८ असार २०८३, आइतबार
स्ल्याब भत्काउने विषयमा विवाद

महानगरको डोजरले कपनमा तनाब : दुई चरणको वार्ता निष्कर्षविहीन, तेस्रो चरणमा बालेनसँग छलफल

साउन २५, २०८०
काठमाडौं
महानगरको डोजरले कपनमा तनाब : दुई चरणको वार्ता निष्कर्षविहीन, तेस्रो चरणमा बालेनसँग छलफल

काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ र ७ स्थित कपन खोलामा महानगरले डोजर चलाउन खोजेपछि लिएर विवाद भएको छ । महानगरले खोलामाथि राखिएको स्ल्याब हटाउन खोजेपछि सीमा क्षेत्रमा पर्ने बूढानीलकण्ठ तर्फका जनप्रतिनिधि र स्थानीयले विरोध गरेका थिए । 

स्थानीयको अवरोधबीच महानगरले स्ल्याब हटाउन बल गरेपछि नेपाल प्रहरीले डोजरको चाबी खोसेको थियो । त्यसपछि समस्या समाधान गर्न दुई चरणमा वार्ता भइसकेको छ । तर, दुवै चरणको वार्ता निष्कर्षविहीन बनेको छ । 

पहिलो चरणमा प्रहरी प्रभाग कपनमा भएको छलफल निष्कर्षमा पुग्न सकेको थिएन । त्यसपछि काठमाडौं क्षेत्र नम्बर ४ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको मध्यस्थतामा बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा वार्ता भएको थियो । 

उक्त वार्तामा पनि सहमति हुन सकेन । महानगरले स्ल्याब हटाएरै छोड्ने अडान लिएको छ । 

दुई चरणको वार्ता असफल भएपछि पुन: महानगरमा वार्ता हुने भएको हो । महानगर प्रमुख बारेन्द्र साहले बूढानीलकण्ड नगरका जनप्रतिनिधिलाई छलफलका लागि महानगरमा बोलाएका छन् । महानगरका अनुसार दिउँसो २ बजे वार्ता हुने छ । 

वर्षातको समयमा बाढीले समस्या उत्पन्न गरेपछि काठमाडौं महानगरले खोला खन्न भन्दै बिहीवार बिहानदेखि डोजर परिचालन गरेको थियो । दलबलसहित महानगरको डोजर पुगेपछि सम्भावित झडप रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं महानगरको ६ र ७ तथा बूढानीलकण्ठको ९, १० र ११ वडाको सीमा रहेको खोला अतिक्रमण भएपछि हरेक वर्ष बाढीको समस्या आउने गरेको छ । खोला अतिक्रमण गरेर बाटो बनाइएको भन्दै महानगरले खोलामाथि राखिएको स्ल्याब भत्काउन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्