×

NMB BANK
NIC ASIA

हाई-प्रोफाइल ठगी धन्दा

नक्कली शरणार्थी प्रकरण– प्रहरीले कसरी खोल्दैछ दोस्रो चरणको फाइल ?

काठमाडाैं | साउन ३१, २०८०

NTC
फाइल फोटो
Premier Steels

नक्कली भुटानी शरणार्थी प्रकरणका केही फरार अभियुक्तहरू पक्राउ पर्नै बाँकी रहेका बेला दोस्रो चरणको अनुसन्धानका लागि मार्ग प्रशस्त हुने गरी अर्को जाहेरी पनि परेको छ ।

Muktinath Bank

सोमवार (साउन २९ गते) अपराध अनुसन्धान कार्यालय काठमाडौंमा थप १८ जना पीडितले जाहेरी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगेको दाबीसहित लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन र काठमाडौंका पीडितले किटानी जाहेरी दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

उनीहरूले सानु भण्डारी, केशव दुलाललगायतले आफूहरूलाई प्रलोभनमा पारेर ठगेको भन्दै जाहेरी दिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

Vianet communication

कार्यालयले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । यसभन्दा अगाडि पनि अपराध अनुसन्धान कार्यालयमा जाहेरी परेपछि परिसरसँग मिलेर संयुक्त अनुसन्धान गरिएको थियो । 

प्रहरीले दोस्रो चरणको अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।

पहिलो चरणको अनुसन्धान सकिएलगत्तै दोस्रो चरणको अनुसन्धानका लागि बेचन झालगायतका व्यक्तिहरूलाई प्रहरीले अनुसन्धानको दायरामा राखेको छ ।

‘पहिलो चरणमा जति व्यक्तिहरू पक्राउ परे, त्यतिले पुग्ने अवस्था नभएर दोस्रो चरणको अनुसन्धानका लागि केही व्यक्तिलाई प्रतिवादी बनाइएको थिएन,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने ।

त्यो समयमा प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने प्रमाणले पुष्टि भएका सबैलाई प्रतिवादी बनाइएको बताएका थिए । 

प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

केही व्यक्तिहरू अनुसन्धानको राडारमा छन् । उनीहरूलाई पक्राउ गर्नेबित्तकै समयको सुई अगाडि बढ्ने भएकाले थप प्रमाण र अभियुक्तहरूको खोजीपछि मात्र निगरानीमा भएका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्ने उनले बताए । 

‘थोरै व्यक्तिलाई मात्रै पक्राउ गर्ने हो भने पनि अनुसन्धानको समयसीमा शुरू भइहाल्छ, अझै थप प्रमाण र अभियुक्त पहिचान गरेर पक्राउ गर्दा राम्रो होला नि,’ एसएसपी कार्कीले लोकान्तरसँग भने, ‘जाहेरी पनि आएको छ, त्यसमा पनि उनै व्यक्तिलाई प्रतिवादी बनाइएको छ भने धेरै नयाँ प्रमाण भेटिने भन्ने पनि भएन ।’

प्रहरीलाई दोस्रो चरणको अनुसन्धानका लागि शक्ति राष्ट्रहरूबाट पनि दबाब आएको अधिकारीहरूको दाबी छ । प्रहरी उच्च अधिकारीहरूले यो विषयमा नेपालको मात्रै नभएर अमेरिकाको पनि समेत प्रतिष्ठा जोडिएकाले दबाब आइरहेको बताए ।

पहिलो चरणमा ३० जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

पक्राउ परेका १८ र फरार १२ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

पुर्पक्षका लागि कारागार चलान हुनेमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणका अलावा पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे छन् ।

यसैगरी गिरोहका योजनाकार तथा सदस्यहरू सानु भण्डारी, रामशरण केसी, गोविन्द चौधरी, इन्द्रजीत राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, हरिभक्त महर्जन, केशव दुलाल र सागर राई पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

अन्य २ जना धरौटीमा रिहा भएका थिए । टंक गुरुङलाई १० लाख तथा लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले असार १ गते गरेको थिए ।

यस प्रकरणमा २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ ठगी गरेको भनी मुद्दा दायर भए पनि अहिले जाहेरी थपिएकाले बिगो रकम पनि थपिने देखिएको छ ।

अहिले टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, सन्दीप रायमाझीलगायतका अभियुक्तहरूले केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् । सन्दीप भण्डारी र केशवप्रसाद दुलाललाई भने नख्खु कारागारमा राखिएको छ ।

कहाँ छन् बादलका छोरा प्रतीक ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका हाइ-प्रोफाइलमध्ये सर्वाधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन्, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा ।

प्रहरीले वैशाखमा मुद्दा उठान गरेदेखि नै प्रतीक फरार छन् । प्रहरीले उनलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको छ, तर अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

स्रोतलाई आधार मान्ने हो भने उनी अहिले भारतमा लुकेर बसेका छन् । अमेरिका गएका भुटानी शरणार्थीहरूको पनि अनुसन्धान भइरहेको प्रहरीका उच्च अधिकारीहरू दाबी गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x