×

NMB BANK
NIC ASIA

भ्रष्टाचार र बेथिति विरुद्ध लडाइँ सुरु भइसक्यो : प्रधानमन्त्री

सुर्खेत | भदौ ४, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसकेको बताएका छन् ।

Muktinath Bank

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज आयोजित तीन महिने अभियान तथा प्रशिक्षण भेलालाई आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध एक्सन चालिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान सरकारको प्रभावकारी कदमले जनतामा आशा जगाएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले भने, “परिवर्तनको तागत लिएर आएको माओवादीको बिरासत कमजोर छैन । जब सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध सरकारले आफ्नो एक्सन चालेर देखाइदिएपछि अहिले जनताले माओवादीप्रति विश्वास बढेको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणका दोषीमाथि भएको कारबाहीले सरकार के गर्दैछ भन्ने प्रष्ट्याइसकेको छ ।” 


Advertisment
Nabil box
Kumari

    क्रान्ति एवं आन्दोलनमा हरेक पटक परीक्षा दिनुपर्ने इतिहास बिर्सन नहुने बताउँदै प्रधानमन्त्री दाहालले भने, “पासपोर्ट, इजाजतलगायत थुप्रै समस्यामा सरकारले आफ्नो अभिभावकत्व प्रदान गरेको छ । विदेशमा भएका लाखौँ नेपालीको भविष्य सुरक्षित गर्न उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको छ । अहिले नै साढे तीन लाख विदेशमा रोजगारका लागि गएका श्रमिकहरु लाभान्वित भएका छन् ।” 

Vianet communication

उनका अनुसार ४० देखि ५० लाखलाई आबद्ध गराउन लागिएको यो कार्य नै सामाजिक न्याय हो । सयौँ भनाइ भन्दा राम्रो कम गर्नु नै शक्तिशाली हुने बताउँदै उनले अब विदेशमा रहेका ४० देखि ५० लाखलाई कोषमा आबद्ध गराएर सामाजिक न्याय दिइने दाबी गरे । 

    कसैको दबाब, करकापमा काम नगरिने र जनताको पक्षमा काम गर्नेहरुले कहिले नहार्ने उनको भनाइ थियो । सरकारले थालेको एक्सन ललिता निवासको जग्गा जनताको हातमा पार्ने अभियान भएकाले गलत गर्नेहरुको कोही आफ्नो कोही पराई नहुने उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x