०५ साउन २०८३, मंगलबार
ललितानिवास प्रकरण

चार पूर्व मन्त्रीलाई पनि प्रतिवादी बनाउन सिफारिश, बिगो १८ अर्ब ३४ करोड

भदौ ५, २०८०
काठमाडौं
चार पूर्व मन्त्रीलाई पनि प्रतिवादी बनाउन सिफारिश, बिगो १८ अर्ब ३४ करोड

ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ४ जना पूर्वमन्त्रीलाई पनि प्रतिवादी बनाउन सीआईबीले सिफारिश गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलवार बुझाइएको प्रतिवेदनमा तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री सञ्जय साह तथा तत्कालीन भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि कीर्तेमा प्रतिवादी बनाउन सीआईबीले सिफारिश गरेको हो ।

कुल २९० जनालाई प्रतिवादी बनाउन सिफारिश गरिएकोमा ४ जना पूर्वमन्त्रीको नाम समेत उल्लेख रहेको सीआईबी स्रोतले लोकान्तरलाई जानकारी दियो ।

यस प्रकरणमा पक्राउ परेर छुटेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने प्रतिवादी बनाउन सिफारिश गरिएको छैन ।

कुल १८ अर्ब ३४ करोड बराबर बिगो कायम हुनुपर्ने समेत प्रतिवेदनमा उल्लेख रहेको स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्