इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा तीन दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । ‘आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न फ्युचरामा २०२३’ शीर्षकमा भएको प्रदर्शनी कमलपोखरीस्थित इस्लिङ्टन कलेजमा भएको थियो ।
प्रदर्शनीमा आईएनजी समूहअन्तर्गतका इस्लिङ्टन, इटहरी इन्टरनेसनल लगायत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रकारका इन्टरनेट अफ थिङ्स (आईओटी) सँगै साइबर सुरक्षा र भिडियो एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तु अवलोकनका लागि राखिएको थियो ।
कार्यक्रममा एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन र गोकार्ट जस्ता मनमोहक बुथहरू राखिएको थियो । जसले प्राविधिक विकासलाई झल्काएको थियो ।
लाइभ डेमोमा ३०औं शताब्दीको कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र यस्तै अन्य समावेश थिए । टेक्नोलोजीमा मात्र केन्द्रित थिएन, यसले प्रविधि र दिगो व्यापारको जटिल प्रतिच्छेदनलाई पनि सम्बोधन गरेको कलेजले जनाएको छ । कार्यक्रमले स्थानीय नर्सरीबाट प्राप्त बिरुवाहरू बाँडेर खेती गर्न सहभागीहरूलाई प्रोत्साहन गरेको थियो ।
एउटा उल्लेखनीय हाइलाइट बग बाउन्टी थियो । जहाँ प्राविधिक विशेषज्ञहरूले साइबर सुरक्षा र जोखिम परीक्षणमा अन्तरदृष्टि साझा गरेका थिए ।
यस्तै एक व्यवसाय सिर्जना गर्ने बारे सोच उत्तेजक कुराकानीले उद्यमशीलता र आईटीको क्षेत्रहरू ल्याएको थियो भने सहभागीहरूलाई उनीहरूको भविष्यका उद्यमहरूको कल्पना गर्न प्रेरणासमेत प्रदान गरिएको थियो ।
आफूले चलाउने मोबाइलमा कुनै पनि एप इन्स्टल गर्ने क्रममा अधिकांश प्रयोगकर्ताले एउटै गल्ती गरेको पाइएको थियो । त्यसैमध्येका एक हुन् – आर्यन राई ।
कालिकास्थानको एस्फोडेल पब्लिक स्कूलमा कक्षा ८ मा अध्ययनरत उनले अबदेखि हतार–हतार अलाउ थिच्नु गल्ती हुने बुझेको बताए । ‘हामीले अलाउ थिचेपछि ती एपले हाम्रो मोबाइलको क्यामरा, फोटो, कन्ट्याक्ट, इमेल, वालेट, क्यालेन्डर सबैमा एक्सेस बनाउँदा रहेछन्’ राईले भने, ‘अथेन्टिक एपलाई मात्रै र आफूलाई दिन मन लागेको कुरामा मात्रै अलाउ गर्नुपर्ने रहेछ ।’
जुनसुकै एपलाई मोबाइलको क्यामरा तथा फोटामा अलाउ गर्दा ह्याक गरिदिने डर हुँदोरहेछ ।’
प्रदर्शनीमा आर्यनका साथी सागर चौधरी र समिक भण्डारीले मोबाइलको क्यामरा ह्याक भएको छ कि छैन भनेर जाँच्ने तरिका थाहा पाएकोमा खुसी व्यक्त गरे । आईटी र व्यावसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौंले पुनः नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गरेको छ ।
विद्यार्थीहरूले प्राविधिक कार्यक्रमलाई क्रान्तिकारी उत्साहको रुपमा लिएका कलेजले जनाएको छ ।