×

NMB BANK
NIC ASIA

न्नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता, २२ सय बिरामीको निःशुल्क शल्यक्रिया हुने

काठमाडाैं | भदौ ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बीचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

Muktinath Bank

आज दुई संस्था विच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट संघका अध्यक्ष प्राडा चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्री डाइरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यबस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त सम्झौताअनुसार बाँके, कपिलबस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाहरूका ग्रामिण क्षेत्रका नागरिकलाई लक्षित गरेर विभिन्न आँखा शिबिरको आयोजना गरी २ हजार २ सय मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले तथा प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघले गर्ने बताइएको छ ।


Advertisment
Nabil box
Kumari

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले कतार च्यारिटीजस्तै दातृ निकायहरूको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने पूर्ण रुपमा आँखा नदेखिने समस्या निवारण हुने विश्वास व्यक्त गरे । 

Vianet communication
Laxmi Bank

त्यस्तै उक्त कार्यक्रममा बोल्दै कतार च्यारिटीका कन्ट्री डाईरेक्टर मोहम्मद बकासले च्यारिटीले विगत ५ वर्षदेखि शिक्षा, स्वास्थ्य, खानपानी र जिविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाबिन्दुको सर्जरीमार्फत् दृष्टि पुर्नस्थापनाका लागि नेत्रज्योति संघसँग यो सम्झौता गरिएको र यसबाट २ हजारभन्दा बढी बिरामी प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए । 

अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरिय भएकाले विभिन्न देशका नागरिक यहाँ आँखा उपचार गराउन आइरहेको जनाउँदै संघका महासचिव भरतबहादुर चन्दले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित संघले आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको बताए ।  

उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्राडा चेतराज पन्तले कतार च्यारिटीसँगको सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट बञ्चित नागरिकले निःशुल्क आँखा उपचार प्राप्त गर्न सक्ने विश्वास समेत व्यक्त गरे । 

संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरूमार्फत सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ भने विभिन्न दातृ निकाय, सरकार तथा विभिन्न स्थानीय तहसँगको सहकार्यमा वार्षिक हजारौँ निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर सञ्चालन गर्दै आइरहेको छ ।

त्यस्तै कतार च्यारिटीले ‘नेपाल एकीकृत विकास कार्यक्रम (एनआईडीपी)–२’ परियोजनाअन्र्तगत नेपालका विभिन्न ९ जिल्लामा स्थानीय साझेदारहरूको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । च्यारिटीले नेपालमा विशेषगरी उत्पादनशीलता र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x