×

NMB BANK
NIC ASIA

मलेसियाले हटायो अष्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध

काठमाडाैं | भदौ २०, २०८०

NTC
Premier Steels

मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । मलेसियाले सावधानी अपनाउने क्रममा जारी गरेको प्रतिबन्ध आजदेखि हटाइएको भेटेनरी सेवा विभागले जनाएको छ । अष्ट्रेलियाको कृषि, मत्स्य पालन तथा वन विभागसँग दुई चरणमा प्राविधिक छलफल गरेपछि आयात प्रतिबन्ध हटाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

Muktinath Bank

अस्ट्रेलियाबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले अस्थायी प्रतिबन्ध लगाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्डोनेसियाका अधिकारीहरूले पहिले नै १३ वटा चौपायामा एलएसडी लागेको जनाउँदै चार स्थानबाट आयात रोकेका थिए ।


Advertisment
Nabil box
Kumari

अष्ट्रेलियाका भेटेरिनरी प्रमुख मार्क सिपले आफ्नो देशका गाईवस्तुमा एलएसडी लागेको खबर सत्य नभएको दाबी गर्दै त्यसलाई अस्वीकार गरेका छन् । साथै उनले उक्त रोगबाट अष्ट्रेलिया मुक्त रहेको बताएका छन् । 

Vianet communication

मलेसियाले अष्ट्रेलियाबाट बर्सेनि करिब ५५ लाख डलर बराबरको गाई–भैंसी आयात गर्दै आएको छ । आयात प्रतिबन्ध हटाउने निर्णयले उद्योग र सबै मलेसियालीहरूलाई राहत मिल्ने विश्वास मलेसियाली भेटेनरी सेवा विभागले गरेको छ । 

अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो । गत वर्ष इन्डोनेसियाले अस्ट्रेलियाबाट तीन लाखभन्दा बढी गाई आयात गरेको थियो भने यो वर्ष एक लाख ५३ हजार चौपाया खरिद गरिएको इन्डोनेसियाका अधिकारीहरूले बताएका छन् ।

पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक सङ्क्रामक भाइरल रोग हो जसले दूध उत्पादनमा कमी ल्याउँछ । अस्थायी वा स्थायी रूपमा बाँझोपन हुनका साथै कहिलेकाहीँ गाईवस्तुको मृत्यु समेत हुनसक्ने खतरा हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x