×

NIC ASIA

आर्थिक मन्दीको भयानक चित्र:

ठूला उद्योगीले नै घुँडा टेक्न थाले, सिमेन्ट उद्योग संकटमा परेपछि मिठाई पसल सञ्चालन

काठमाडाैं | भदौ २५, २०८०

Prabhu Bank
NTC
सुनसान सिमेन्ट उद्योग र नयाँ सञ्चालन गरिएको मिठाइ पसल
Premier Steels

रूपन्देहीका अरुण अग्रवालले सञ्चालन गर्दै आएको सिद्धार्थ सिमेन्ट उद्योग चरम संकटमा फसेपछि उनले भैरहवामा मिठाइ पसल सञ्चालनमा ल्याएका छन् ।

Muktinath Bank

सिमेन्ट उद्योगमा १६ वर्ष बिताएका उनले उक्त उद्योगबाट पलायन हुने अवस्था आएपछि बिहीवार भैरहवामा ‘सावरिया’ मिष्ठान्न भण्डार सञ्चालनमा ल्याए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आर्थिक मन्दीका कारण बजारमा सिमेन्टको माग नभएपछि अन्य व्यवसाय रोजें,’ अग्रवालले भने, ‘उद्योग बन्द गर्न सक्ने अवस्था पनि छैन । चलाउनलाई पूरै घाटा छ ।’ 


Advertisment
Nabil box
Kumari

नयाँ सञ्चालनमा आएको मिठाई पसल

Vianet communication

सुनसान बनेको सिद्धार्थ सिमेन्ट उद्योग

रूपन्देहीकै सिमेन्ट उद्योगी श्याम अग्रवालले लामो समयदेखि सञ्चालन गर्दै आएको रिलायन्स पेपर उद्योग पूर्णरूपमा बन्द गरेको ६ महिना भयो ।

सिमेन्टको बजार माग पनि निकै कटौती भएपछि उनले भैरहवामै २ करोड रूपैयाँ लगानीमा भारतीय पर्यटकलाई लक्षित गरी दिव्या स्वीट्स सञ्चालन गरेका छन् ।

युवा उद्योगी अभिषेक अग्रवाल (श्यामका छोरा) भन्छन्, ‘मुलुकको उन्नतिको सम्भावना खुम्चिँदो छ । लगानीको अनुपातमा माग नबढेपछि पेपर उद्योग बन्द हुन पुग्यो । सिमेन्ट उद्योगमा पनि ठूलो समस्यामा छ । न बन्द गर्न सक्ने, न चलाउन सक्ने अवस्था छ ।’

अर्थतन्त्रका बाह्य सूचक ठिकै भए पनि बजार चलायमान हुन सकेको छैन ।

‘म्यानिफ्याक्चर इन्डस्ट्रिज’ आर्थिक मन्दीले ध्वस्त भए,’ अभिषेक थप्छन्, ‘बजार बढेको भन्ने सुनिन्छ, तर किन्ने मान्छे छैन । निर्माणको काम ठप्प छ । एक्स्पोर्ट (निर्यात) को व्यवस्था छैन । सबै मान्छेको ‘टार्गेट’ विदेश (युरोप/अमेरिका)मा छ । अनि कसरी चल्छन् उद्योग ?’ 

देशमा धेरै सिमेन्ट उत्पादन गर्नेमध्येको एक अर्घाखाँची सिमेन्टको अवस्था पनि नाजुक छ ।

दैनिक ४० हजार बोरासम्म सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले करीब १०/१२ हजार बोरा सिमेन्ट मात्र उत्पादन गरिरहेको छ । मुलुकको अवस्था अर्को ३ महिना यस्तै रहे घुँडा टेक्नुपर्ने अवस्था रहेको उद्योगका महाप्रबन्धक उद्धव कार्कीले बताए ।

प्रतीकात्मक तस्वीर

‘हाम्रा दुईवटा प्लान्ट थिए, एउटाबाट उत्पादन रोकिएको ६ महिनाभन्दा बढी भयो । मशिन बिग्रिन्छ भनेर महिनामा एक/दुई दिन मात्र ‘रन’ गराउँछौं । सिमेन्टको डिमान्ड नै छैन ।’

रूपन्देहीमै सञ्चालित वृज सिमेन्ट उद्योग पनि बन्द हुने अवस्थामा पुगेको छ । उद्योगका महाप्रबन्धक रवि रञ्जनले उद्योगको अवस्था नाजुक बनेको बताए ।

‘वृज, गोयन्का, अम्बुजा, निर्माण, बुटवल, जगदम्बालगायत आधा दर्जनभन्दा बढी  सिमेन्ट उद्योग बन्द हुने अवस्थामा छन्, निजी क्षेत्रको २ खर्ब रूपैयाँभन्दा बढी लगानी आर्थिक संकटले डुब्ने अवस्था भयो,’ उनले भने ।

पछिल्ला वर्ष रोजगारी र अध्ययनका लागि विदेशिनेको संख्या धेरै बढेको छ । बजारमा माग निरन्तर घटिरहेको छ ।

आर्थिक संकट कम हुन्छ भन्ने आशा नभएपछि सबैजसो ठूला उद्योग दिनानुदिन धरासायी बनेका छन् । बजारमा क्रयशक्ति छैन । क्रयशक्ति नहुँदा उपभोग हुँदैन । उपभोग नभएपछि उत्पादन रोकिएको छ ।

राज्यले अर्थतन्त्रलाई चलायमान बनाउने कुनै योजना ल्याउन सकेको छैन ।

कार्कीले भने, ‘११ अर्ब लगानीको सिमेन्ट उद्योगले वार्षिक १०० करोड रूपैयाँसम्म राजस्व तिर्थ्यो, अहिले वार्षिक ५० करोड रूपैयाँको कारोबार पनि छैन । केही वस्तु निर्यात गरे पनि ‘मार्जिन’विना नै निर्यात गर्नुपर्ने अवस्था छ ।’ 

रूपन्देहीमा सिमेन्ट, छड, स्टिल उद्योग धेरै छन्, तीमध्ये सबैजसो उद्योग समस्यामा छन् । सिमेन्टको माग मुख्यगरी तीन तहबाट बढी हुन्छ ।

प्रतीकात्मक तस्वीर

जलविद्युत् आयोजना, सिञ्चाइ, विद्युतीय पोल, ब्लक बनाउन सिमेन्ट प्रयोग गरिन्छ । साधारण उपभोक्ताले घर बनाउनका लागि पनि सिमेन्ट प्रयोग गर्छन् । सरकारी ठेक्कापट्टा अर्को क्षेत्र हो ।

अहिले क्षेत्रगतरूपमा ८५ प्रतिशतसम्म माग घटेको व्यवसायीहरू बताउँछन् ।

सरकार र सिमेन्टमा आधारित क्षेत्रहरूबाट समेत सिमेन्टको माग ५० प्रतिशतमा झरेको छ । यसले भयंकर ठूलो आर्थिक संकटको संकेत गरेको कार्की बताउँछन् । 

रूपन्देही ठूला उद्योग धेरै सञ्चालनमा रहेको जिल्ला हो । गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा २१७ उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको तथ्यांक छ ।

बन्द हुनेमा उत्पादनमूलक उद्योग ८४, कृषि तथा वनजन्य उद्योग १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योग ५१ वटा छन् ।

बढ्दो आर्थिक मन्दी, बैंकको चर्को ब्याजदरजस्ता कारणले उद्योग बन्द हुने क्रम बढेको रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताए ।

कोरोना महामारी, कर्जाको ब्याजदर, आयात तथा निर्यातमा भएका नीतिगत झञ्झट लगायतले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको पौडेलको भनाइ छ ।

प्रतीकात्मक तस्वीर

ठूला उद्योगले उत्पादन क्षमता ४० प्रतिशतमा सीमित गरी सञ्चालन खर्च धानिरहेका छन् । अन्यको अवस्था दयनीय छ । 

बुटवलमा गार्मेन्ट उद्योग चलाउने जमुना सुवेदीले बजारबाट माग नआउँदा उत्पादनमा ७५ प्रतिशतभन्दा बढी ह्रास आएको बताइन् ।

‘उत्पादन भएका वस्तु बिक्री नभएर गोदाममै थन्किएका छन् । बजारबाट माग आउन छाडेपछि नयाँ उत्पादन हुने कुरै भएन,’ जमुना भन्छिन्, ‘बिक्री नभएपछि उत्पादन घटाउनुपर्‍यो । बैंकको ब्याज, कामदारको तलब, घरभाडा बुझाउन नसकिने भयो ।’

तिलोत्तमा नगरपालिका– ८ स्थित ‘आमाको भान्सा’ मसला उद्योग करीब ६ महिनादेखि बन्द छ ।

उद्योगका सञ्चालक ज्ञानेन्द्र बञ्जाडेले पछिल्लो समय उद्योगका लागि भारतबाट आउने कच्चा पदार्थ जिराको चरम मूल्यवृद्धि र अवैध तरिकाबाट आउने अन्य मसलाका कारण व्यवसाय नै बन्द गर्नुपरेको बताए ।

उद्योग बन्द हुनु, खपत घट्नु र बजारबाट पैसा उठ्ने सम्भावना कम हुनु उद्योगीका लागि अहिलेका मुख्य समस्या हुन् ।

ठूला परियोजना निर्माण ठप्पजस्तै छ । बैंकमा पैसा थुप्रिएको छ । राष्ट्र बैंकले कर्जा प्रदानमा कडाइ गरेकाले झनै अन्योलको अवस्था छ । 

मुलुककै दोस्रो ठूलो भन्सार नाका बेलहिया रहेको रूपन्देहीमा भारतबाट कच्चा पदार्थ आयात गर्दा लागत कम पर्छ ।

उद्योगबाट उत्पादन भएका वस्तुको बजारका लागि पूर्व–पश्चिम नै सहज रूपमा जान सक्ने केन्द्र बुटवल रहेकाले उद्योगीले यस क्षेत्रमा ०७० को दशकपछि धमाधम उद्योग खोलेका थिए ।

कोभिड–१९, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत समस्याले उद्योगहरू धरासायी बनेका छन् ।

राज्यले अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जालाई उत्पादनमूलक उद्योगतर्फ केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको व्यवसायीहरू बताउँछन् ।

उद्योगी/व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको भन्दै उद्योगी रवि रञ्जनले समस्या समाधानका लागि राज्यका साथै सरोकारवाला निकायले रणनीतिक पहलकदमी लिनुपर्ने बताए ।

आन्तरिक अर्थतन्त्र बलियो बनाउनमा केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x