भदौ २१, २०८०
पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । उपत्यकालगायत आसपासका जिल्लाहरूमा सेवा विस्तार गरिरहेको डिशहोमले आफ्नो सेवालाई तीव्र गतिमा विस्तार गरिरहेको छ । ...
काठमाडाैं | असोज १, २०८०
वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाडौं शान्तिनगरस्थित न्युसमिट कलेज, शान्तिनगर, काठमाडौं र टेक ट्रिक्स् नेपालद्घारा आयोजित टेक ट्रिक्स्–२०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्वताका साथ समापन भएको छ ।
समापन समारोहको कलेजका प्रिन्सिपल चोकराज दवाडी, सञ्चालक समिति अध्यक्ष अजयप्रसाद ढकाल र त्रिवि आईओएसठीका डिन प्राडा विनिल अर्याललगायतको उपस्थिति थियो ।
प्राडा अर्यालले आईटी शिक्षामा विद्यार्थीहरूलाई आफूसँग भएको अन्तरनिहीत क्षमता प्रष्फुटन गर्न चाहिने एथेस्ट अवसर दिएको बताए ।
विभिन्न विधामा सञ्चालित प्रतियोगिताका बिजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमूख अतिथि प्राडा अर्यालले विजेताहरूलाई एक लाख ८५ हजार नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । जसअन्तर्गत आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । क्लास रोयल सञ्जय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जी विजेता भने केएभसी कलेजका सुभम चित्रकारको समूह भएको थियो ।
यस्तै सुनिल गिरिको टिम हाइपको उपविजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्काको नाममा गएको थियो । फिफा २३ विजेता जगदीज पाण्डे भएका थिए भने उपविजेताको उपाधि समीर गुरुङले हात पारेका थिए ।
तीनदिवसीय प्रतियोगिताको मुख्य आकर्षण ह्याकाथनको उपाधि सेन्ट जेभियर्स कलेजले जितेको थियो भने सगरमागा कलेज उपविजेता बनेको थियो । यस्तै तेस्रो स्थान न्युसमिट कलेजको नाममा दर्ज भयो ।
विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा उक्त परियोजना ३० घण्टा अवधिमा बनाइएको थियो । निर्णायकको भुमिकामा रहेका विभिन्न विषय विज्ञ विश्वकाजी श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला र ईआर प्रवीन चौहानको निर्णयका आधारमा विजेता घोषणा गरिको थियो ।
कार्यक्रमलाई मुख्य प्रायोजन नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगोले गरेका थिए ।
पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । उपत्यकालगायत आसपासका जिल्लाहरूमा सेवा विस्तार गरिरहेको डिशहोमले आफ्नो सेवालाई तीव्र गतिमा विस्तार गरिरहेको छ । ...
आईएनजी स्किल एकेडेमीले वीरगन्जमा ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्जको आदर्शनगरमा आयोजित कार्यक्रमको उद्देश्य आईटीको नयाँ पुस्तालाई भविष्यको प्रविधि प्रदर्शन गर्नु रहेको थियो ...
एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको ‘दुर्गम जिल्ला’ जुम्लामा आफ्न...
आईएनजी स्किल एकेडेमीले चितवनमा ‘फ्युचरामा’ नामक दुई दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । आइतवार र सोमवार भएको कार्यक्रमको मुख्य उद्देश्य भविष्यको प्रविधि प्रदर्शन गर्दै आईटी अर्को पुस्तालाई प्रेरि...
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) द्वार...
नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ । उक्त समझदारीअनुसार खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एक-आपसमा प्रविधि सहयोग, कार्यशाला ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...