असोज १२, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभा...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताएका छन् ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
“गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा कुराबाट दबाब दिने प्रवृत्ति र अनेक खालका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न फेरि गम्भीर रहेको छ । त्यसकारण यसका कुनै हतारो नै गरिहाल्नुपर्ने अवस्था आएको छैन”, उनले भने।
उनले बडो दुःखले बलिदानपूर्ण लामो सङ्घर्षपछि हामीले आफैँले निर्माण गरेको संविधान सबैले मान्नुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले संविधान सर्व स्वीकार्य बनोस् भनेर दुई पटक संशोधन गरिसकेको भन्दै अहिले पनि व्यावहारिक बनाउनका लागि आवश्यकअनुसार संशोधन गर्न सकिने धारणा राखे ।
आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति सुवास नेम्वाङ रहेको भन्दै उनले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक काम गरेको उल्लेख गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभा...
नेकपा (एमाले)काे बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । शुक्रवार करिब ८ः४५ बजे निर्वाचन सकिएको हो । एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मै...
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा प्रेम बहादुर सिंहले उम्मेदवारी दिएका छन् । एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहिसकेका सिंहले शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् । महाबै गाउँपालिका&ndash...
नेकपा एमाले बागमती प्रदेशको सबै पदको नतिजा शुक्रबार नै आउने भएको छ । शुक्रबार साँझ मतदान सकिएसँगै सबै नतिजा एकसाथ प्रकाशित गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । ‘...
नेकपा एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार राति सम्पन्न मतदानमा कुल ११३१ मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनले मतदानमा ३२&...
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको छ । महासेठको नेतृत्वमा शुक्रवार ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...