×

Dabur

एमाले बागमती अधिवेशन

एमाले बागमती प्रदेश अधिवेशन : बहालवाला अध्यक्ष पाण्डेकै उम्मेदवारी गायब

काठमाडाैं | असोज ११, २०८०

NTC
Premier Steels
Marvel

एमाले बागमती प्रदेश अधिवेशनमा वर्तमान अध्यक्ष केवशराज पाण्डेको उम्मेदवारी गायब भएको छ ।

yONNEX
Sagarmatha Cement

बुधबार साँझ पाण्डेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचन कमिटीका संयोजक डिल्ली मैनालीले पाण्डेको उम्मेदवारी नै नपरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘निर्वाचन कमिटीमा अध्यक्षका लागि ४ जनाको मात्रै उम्मेदवारी परेको छ । केशव पाण्डेको फर्म अन्तै कता पर्‍यो कि उहाँले सहमति गर्नुभयो, त्यो हामीलाई थाहा छैन । तर, निर्वाचन सचिवालयमा उहाँको नाम आएको छैन ।’ उनले भने ।


Advertisment

च्यासलस्थित एमाले मुख्यालय परिसरको तुल्सीलाल स्मृति प्रतिष्ठानको निर्वाचन कार्यालयमा पाण्डेले वारेसमार्फत अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए ।

Vianet communication
Laxmi Bank

एमालेको निर्वाचन कार्यालयका प्रतिनिधिले नै पाण्डेको उम्मेदवारी परेको भनेर टिपोट गरेका थिए ।

तर, निर्वाचन कमिटीका संयोजकले पाण्डेको उम्मेदवारी नै नआएको जिकिर गरेका छन्, जबकि निर्वाचन कार्यालयका कर्मचारीले गरेको टिपोटमा पाण्डेले पाँचौं नम्बरमा उम्मेदवारी दर्ता गराएको देखिन्छ । 

null

अध्यक्षमा पहिलो नम्बरमा कृष्णप्रसाद दाहाल, दोस्रोमा केशरबहादुर बुढाथोकी, तेस्रोमा कैलाशप्रसाद ढुंगेल, चौथोमा सानुकुमार श्रेष्ठ र पाँचौंमा केशवराज पाण्डेको उम्मेदवारी दर्ता भएको रेकर्डमा देखिन्छ ।

वारेसमार्फत गणेश श्रेष्ठले बुधबार साँझ ६ बजेर ५० मिनेटमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । ५ सय रुपैयाँ दस्तुर बुझाएर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

पाँचजनाको उम्मेदवारी परेको भन्दै सूचीसहित समाचार पनि सार्वजनिक भएका थिए । तर निर्वाचन कमिटीले पाण्डेको उम्मेदवारी नपरेको दाबी गर्न थालेको छ ।

पाण्डेलाई उम्मेदवार बन्न नदिन अध्यक्ष मण्डलका संयोजक गुरु बराल, नेताहरू आनन्द पोखरेल, डोरमणि पौडेल र खेम लोहनीसहितले भूमिका खेलेको नेताहरू दाबी गर्छन् ।

शुरूमा आफैं फर्म लगेका पाण्डेलाई बराल, पोखरेल, डोरमणिसहितका नेताले उम्मेदवारी नदिन मनाउनका लागि प्रयास गरेका थिए ।

उनलाई ढोकामा चुकुल लगाएर भित्र राखिएको थियो । नेताहरूले रोक्न खोज्दाखोज्दै पाण्डे समर्थकले जबरजस्ती ढोका खोलेर वारेसमार्फत उम्मेदवारी दर्ताको वातावरण बनाएका थिए ।

एमाले नुवाकोट पञ्चकन्या गाउँपालिका कमिटी अध्यक्ष रामनाथ खनालले त सामाजिक सञ्जाल फेसबूकमा लेख्दै कैलाश ढुंगेललाई अध्यक्ष बनाउन बराल र पोखरेलहरूले पाण्डेलाई कोठामा धुनेको आरोप लगाएका छन् । 

null

 

उम्मेदवारको लफडा, आदिवासी जनजाति क्लस्टर नै छुटेको, पदाधिकारीमा एकभन्दा धेरैका दाबी परेको अवस्थामा सन्तुलन मिलाउन नसक्दा बिहीवार बिहान ८ बजेबाट गर्ने भनिएको मतदान अझै शुरू हुन सकेको छैन ।

निर्वाचन कार्यक्रमअनुसार बुधबार राति नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपर्ने थियो । तर, बिहीवार ११ र १२ बजे अन्तिम नामावली सार्वजनिक गर्ने भनिए पनि यो समाचार तयार पार्दासम्म सार्वजनिक भएको छैन ।

निर्वाचन समितिका संयोजक मैनालीले छिटोमा आज साँझ ६ बजेपछि मात्रै निर्वाचन शुरू हुन सक्ने जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x