×

NMB BANK
NIC ASIA

मधेशकेन्द्रित दलमा गडबडी

लोसपा बैठकमा महन्थ ठाकुरविरुद्ध राजेन्द्र महतोले खोलेको 'फायर' !

‘अध्यक्षले प्रसाद जसरी पद बाँड्नुभयो, मनोनीत भएकालाई लाजै लाग्यो’

काठमाडाैं | असोज १८, २०८०

NTC
Premier Steels

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष महन्थ ठाकुरविरुद्ध पार्टी बैठकमा असन्तुष्टिको ’फायर’ खोलेका छन् । केन्द्रीय समिति तथा पदाधिकारी विस्तारलगायत नेतृत्वको कार्यशैलीलाई पनि लिएर महतोले पार्टीको कार्यकारणी समितिमा ठाकुरको कडा आलोचना गरेका हुन् । असोज १६ र १७ गते काठमाडौंमा चलेको कार्यकारिणी बैठकको दोस्रो दिन महतोले आफ्नो धारणा राख्ने क्रममा अध्यक्ष ठाकुरको आलोचना गरेको एक कार्यकारिणी सदस्यले जानकारी दिए । 

Muktinath Bank

आफू नजिकका नेता तथा कार्यकर्तालाई अध्यक्ष ठाकुरले प्रसाद वितरण गरेजस्तै पद वितरण गरेको भन्दै महतोले ठाकुरविरुद्ध बैठकमा लगातार फायर खोलेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

’पद त अध्यक्षज्यूले प्रसाद वितरण गरे झैँ दिनुभयो तर पद दिँदैमा नेता बनिहाल्छ भन्ने कुरा पनि हुँदैन,’ महतोको भनाइ उद्धृत गर्दै एक कार्यकारिणी सदस्यले लोकान्तरसँग भने, ‘अहिले मनोनीत हुनुभएका पदाधिकारी र सदस्यहरूले विगतको चुनावमा पार्टीका उम्मेदवारलाई कति भोट दिलाउन सक्नुभयो? फेरि चुनाव आउँदैछ त्यसमा फेरि पनि अग्नी परीक्षा त होला नि ?’ 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

पार्टीले मधेशवादलाई उपेक्षा गर्दै योग्य रहेका तथा यसको पक्षमा काम गर्नेहरूलाई किनारा लगाएर गम्भीर त्रुटि गरेको महतोको कथन थियो । 

‘एक घण्टाभन्दा बढी समयसम्म वरिष्ठ नेता महतोज्यूले बोल्ने क्रममा अधिकांश समय नेतृत्वको आलोचनामै खर्च गर्नुभयो,’ ती सदस्यले लोकान्तरसँग भने, ’खासगरी पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य विस्तारप्रति अध्यक्ष ठाकुरको बढी आलोचना गर्नुभयो । त्यसैगरी पार्टीले मधेशवाद छाड्न लागेको भन्दै आफ्ना माग मुद्दालाई छाडेर सरकारमै रमाउन खोजेकोप्रति पनि उहाँले आलोचना गर्नुभयो ।’

अध्यक्ष ठाकुरले ६३ पदाधिकारी चयन गरिएकोमा महतोले असन्तुष्टि जनाएका छन् । यसअघि शीर्ष नेताहरूको बैठकका क्रममा २० देखि २१ जना पदाधिकारी मात्र राख्ने सहमति भएपनि ६३ जना पदाधिकारी बनाएकोमा अध्यक्ष ठाकुरको आलोचना गरेका थिए ।

null

’६३ जना पदाधिकारी बनाइएको छ । यो कस्तो पार्टी हो ? त्यसमा पनि १६ जना महासचिव नै बनाइएको छ,’ महतोको भनाइ उद्धृत गर्दै ती कार्यकारिणी सदस्यले लोकान्तरसँग थपे, ‘दुनियाँमा यस्तो कुनै पनि पार्टी छैन, जहाँ १६ जना महासचिव हुन्छन् । अध्यक्ष र महासचिव त भाइटल पद हो । महासचिव नै १६ जना बनाएर जग हँसाइ भएको छ । १६ जना महासचिव त मैले पचाउनै सकेको छैन । मैले बर्दास्त (स्वीकार) नै गर्न सकिरहेको छैन ।’

उपाध्यक्ष र सचिवको संख्या बढी राख्न सकिने भएपनि १६ जना महासचिव बनाएर नेतृत्वले गाइजात्रा देखाएको भन्दै उनले ठाकुरको आलोचना गरेका थिए । सम्मानका लागि महासचिव पद दिएकोलाई पनि सम्मानको साटो अपमान नै भएको महतोको भनाइ थियो ।

केन्द्रीय समिति विस्तार गर्दा राजपा हुँदाको अवस्थामा रहेका सबैलाई यथावत राख्ने, जसपाबाट लोसपामा आउँदा केन्द्रीय सदस्य रहेका सबैलाई यथावत राख्ने गरी यसअघि शीर्ष नेताको बैठकमा भएको सहमति नेतृत्वले तोडेको महतोले आरोप लगाएका थिए ।

‘बाहिर समानुपातिक, समावेशी प्रतिनिधित्वको कुरा उठाउने तर पार्टीभित्र त्यसको लागू नगर्ने यो कस्तो पार्टी हो ?’ भन्दै उनले नेतृत्वसँग प्रश्नसमेत गरे । मुस्लिम, महिला, दलित, थारूसहितको क्लस्टर मिलाएर सन्तुलन मिलाउनुपर्नेमा २ दर्जनभन्दा बढी नेतालाई नसमेटेकोप्रति उनले आक्रोश व्यक्त गरेका थिए ।

‘महिलाको जनसंख्या देशमा ५२ प्रतिशत छ, तर खोइ त पदाधिकारीदेखि केन्द्रीय समितिमा ३३ प्रतिशत ? पार्टीभित्र महिला नेतृत्व छैन भने बाहिरबाट ल्याएर पनि ३३ प्रतिशत प्रतिनिधित्व पुर्याउने कुरा थियो । तर किन ल्याइएन ?’, महतोको भनाइ उद्धृत गर्दै अर्का कार्यकारिणी सदस्यले लोकान्तरसँग भने, ‘खासगरी लामो समयदेखि मधेशवादको लडाइँ लड्दै आएका फनिराम चौधरी, विश्वनाथ राजबंशीसहित करिब २४ भन्दा बढी नेतालाई किन छुटाइयो ?’

पार्टीले मधेशवादलाई धक्का दिने काम गरेको उनको टिप्पणी थियो । केन्द्रीय सदस्यको संख्या थप्नु परेपनि छुटेकाहरूलाई संशोधन गरेर अध्यक्ष ठाकुरले समावेश गरी निर्वाचन आयोगमा पठाउनु उनले माग गरेका थिए ।  इथिकल नेताको रूपमा आफ्नो परिचय बनाएका ठाकुरलाई त्रुटि गर्ने छुट नरहेको भन्दै कमी–कमजोरीलाई सच्याएर लैजानुपर्ने उनको कथन थियो ।

null

‘को–को छुटेका छन्, ती सबैको अध्ययन गर्न पार्टीले एउटा कार्यदल गठन गर्नुपर्यो । त्यो कार्यदलले दिएको रिपोर्टअनुसार छुटेका सबैलाई समावेश गर्नुपर्यो,’ महतोको भनाइलाई उद्धृत गर्दै ती सदस्यले थपे, ’केन्द्रीय सदस्यको संख्या बढाएर ४०१ नै पुर्याउनु पर्यो भने पुर्याउनुस् । पार्टीको विधान नै संशोधन गर्नुपर्छ भने हामीले केन्द्रीय समितिमा विधान पनि संशोधन गरेर जानुपर्छ । ’

दुई वर्षपछि बैठक भएको भन्दै महतोले यस्ता बैठक निरन्तर गर्नुपर्ने तथा बैठक बस्नुअघि नै यसका एजेन्डाबारे समेत पूर्वसूचना दिनुपर्ने महतोको माग थियो । ‘पार्टीको कार्यकारिणी बैठक २ दिनका लागि होइन, पाँच दिनकै लागि भएपनि हुनुपर्छ । बैठकमा धेरै जनाले बोल्ने समय नै पाउनु भएन,’ महतोको भनाइ उद्धृत गर्दै ती सदस्यले थपे, ’यस्तो बैठकमा काठमाडौंमा होइन, मधेशमा हुनुपर्छ ।’

पार्टीले मनोनयन गरेका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई काम गर्ने जिम्मेवारी पनि अध्यक्षले दिनुपर्ने उनको माग थियो । ती सदस्यका अनुसार पार्टीमा अनुशासन समिति गठन गरी विगतका स्थानीय चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको समीक्षा हुनुपर्ने उनको माग थियो ।

‘सिटका आधारमा पहिलो पार्टी नभए पनि विचारका आधारमा लोसपा नै मधेशवादी पार्टी हो भनेर अहिले साथीहरूले भन्नुभयो । तर, लोसपा राष्ट्रिय पार्टी किन बन्न सकेन भन्ने कुराको समीक्षा गर्ने कि नगर्ने,’ महतोको भनाइ उद्धृत गर्दै ती सदस्यले थपे, ‘हामी सरकारमै छौं । तर, वैचारिक बैठक हुँदा प्रधानमन्त्रीले महन्थ ठाकुरजीलाई किन बोलाइरहनु भएको छैन, त्यो कुराको विचार गर्ने कि नगर्ने ?’

‘सरकार, सदन र सडक तीनवटै ठाउँबाट संघर्ष गर्नुपर्छ’

२०६४ साल फागुन १६ गते सरकारसँग भएको ८ बुँदे सम्झौतालाई पार्टीले अलपत्र छाडेकोमा पनि महतोले नेतृत्वप्रति आक्रोश पोखेका थिए ।  ती सदस्यका अनुसार ८ बुँदे सम्झौताका माग–मुद्दा के कति सम्बोधन भए, त्यो विषय पार्टीले किन उठाइरहेको छैन भन्ने प्रश्न गर्दै महतोले भनेका थिए, ‘सरकारमा पनि बस्ने र माग–मुद्दा पनि सम्बोधन गराउने कुरा हुन सक्दैन । सरकार, सदन र सडक तीनवटै ठाउँबाट पार्टीले संघर्षको तयारी गर्नुपर्छ ।’ 

जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेशवाद भनेर आफूले नचिनेको भन्ने अभिव्यक्ति स्मरण गर्दै महतोले मधेशवादका लागि लोसपाले नै संघर्ष गर्नुपर्ने बताएका थिए । ‘जे–जति पनि माग–मुद्दा सम्बोधन भएको छ त्यो संघर्षबाटै हो र अब पनि बाँकीसम्बोधन गराउनका लागि संघर्ष नै गर्नुपछर्,’ महतोले बैठकमा भनेका थिए ।

अध्यक्ष ठाकुरलाई विश्राम लिन सुझाव 

अध्यक्ष ठाकुरविरुद्ध फायर खोलेका महतोले उनलाई अब विश्राम लिन सुझाव दिँदै आएका छन् । ठाकुरले कार्यकारी अध्यक्षबाट विश्राम लिएर सम्मानित नेता बनेमा आफूले पार्टीको साख फर्काउन सक्ने ध्येयका साथ महतोले ‘मुभ’ चालेका हुन् । उमेर र स्वास्थ्यका कारण ठाकुरले अब पार्टीको नेतृत्व हाँक्न नसक्ने महतो निकटस्थहरू बताउँछन् । कार्यकारिणी बैठकमै पनि अध्यक्ष ठाकुरलाई उमेर र स्वास्थ्यका कारण धेरै कुरा स्मरण हुन नसक्ने प्रशंग महतोले झिकेको एक कार्यकारिणी सदस्यले खुलाए ।

 

‘अध्यक्ष ठाकुरको निस्कृयता र शिथिलताले मधेशको विश्वासिलो दल लोसपाको औचित्यमै प्रश्न उठन थाल्यो,’ महतोको योजनाबारे एक प्रभावशाली नेताले भने, ‘महतोको तयारी पार्टी नेतृत्व लिन खोजेकोजस्तो देखियो, तर परिस्थिति परिपक्क बनिसकेको छैन ।’ 

२०७९ मंसिरमा प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि महतो छाँयामा परेका छन् । भूमिकाविहीन अवस्थामा रहेका महतोले पार्टीको नेतृत्व लिएर सक्रिय हुने आन्तरिक तयारी गरिरहेका छन् ।

कार्यकारिणी समिति बैठकमा महतोले अध्यक्ष ठाकुरको आलोचना गरेपनि अधिकांश सदस्य तथा पदाधिकारीले ठाकुरको प्रशंसा नै गरेका थिए । यसकारण महतोले नेतृत्व आफ्नो हातमा लिन चाहे पनि तत्काल पार्टीभित्र उनको पक्षमा माहोल बनेको देखिँदैन । अध्यक्ष नै नभए पनि कार्यवाहक अध्यक्ष दिए संगठन निर्माणमा लाग्न सक्ने आकलन गरिएको छ । यस्तोमा वरिष्ठ नेताको ठाउँमा महतोलाई कार्यवाहक अध्यक्ष दिए चित्त बुझाउन सकिने ठाउँ रहेको ती नेताले पनि खुलाए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x