×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री उत्पादनको थलो बन्यो कोशी

राजनीतिक प्रयोगशाला बन्यो कोशी, ९ महिनामा ५ मुख्यमन्त्री

विराटनगर | असोज २७, २०८०

NTC
Premier Steels

कोशी प्रदेशमा सत्ताको किचलोले ९ महिनामा ५ मुख्यमन्त्री बनेका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा ३ र दोस्रो कार्यकालमा हालसम्म ३ जना मुख्यमन्त्री बनिसकेका छन् । ​

Muktinath Bank

संस्थापक मुख्यमन्त्री नेकपा एमालेका नेता शेरधन राई बने । उनले झण्डै साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरे । उनी २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २०७८ भदौ १० गतेसम्म प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले फुटको असर रोक्नका लागि त्यसपछि भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो । एमाले विभाजनको असर रोक्नका लागि राईलाई राजीनामा गराएर आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो ।


Advertisment
Nabil box
Kumari

नेकपा एमालेको उर्वरभूमि मानिएको कोशी प्रदेशमा पार्टी विभाजनको असर नदेखाउन आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो ।

Vianet communication

आचार्य २०७८ भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । २०७८ कात्तिक १६ गते अल्पमतमा परेपछि उनले राजीनामा दिएका थिए । दोस्रो कार्यकालमा सबै भन्दा छोटो समय अर्थात् दुई महिना ६ दिन मुख्यमन्त्री बनेका थिए आचार्य । 

एमालेबाट फुटेर बनेको एकीकृत समाजावादीका राजेन्द्र राई त्यसपछि तेस्रो मुख्यमन्त्री बने । त्यति बेला राईसहित १० जना एकीकृत समाजवादीमा आएका थिए । 

तेस्रो मुख्यमन्त्रीमा राजेन्द्र राई २०७८ कात्तिक १६ गते नियुक्त भए । उनले २०७९ पुस २५ गतेसम्म कोशी प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए । उनी १४ महिना मुख्यमन्त्री भए । 

पहिलो कार्यकालमा राजनीतिक उतारचढावबीच ३ जनाले सरकारको नेतृत्व सम्हाले । केन्द्रीय अस्थिरताका कारण मात्रै तत्कालीन प्रदेश १ मा असर परेको थियो । 

दोस्रो कार्यकालमा अंकगणितका कारण  शुरूदेखि नै अस्थिर बनिरहेको छ ।

केन्द्रीय सत्ता गठबन्धनमा भएको उथलपुथलले कोशी प्रदेशमा झन् संकट निम्तिएको छ ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर माओवादी केन्द्रले सत्ता गठबन्धन परिवर्तन गरेसँगै कोशी प्रदेशमा राजनीतिक मात्रै नभई संवैधानिक संकटको समेत सामना गर्नु परेको छ । 

दलीय शक्ति हत्याउन पटक-पटक संविधानविरोधी र अराजनीतिक हर्कत गर्न दुवै पक्ष पछि नपर्दा अदालतले बाटो देखाउनुपरेको थियो । सहजै विश्वासको मत पाउने अवस्था नभए कोशी मध्यावधिको डिलमा समेत पुगेको छ । 

२०७९ पुस २४ गते माओवादी केन्द्र तथा जसपाको समर्थनमा हिक्मत कार्की दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । ६ महिना बित्न नपाउँदै कार्की नेतृत्वको सरकार ढल्यो । गत असार १५ गते विश्वासको मत नपाएपछि कार्की नेतृत्वको सरकार ढलेको थियो । 

माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि उद्धव थापा मुख्यमन्त्री बने । थापा पाँचौं मुख्यमन्त्री बनेका हुन् । कोशीमा पहिलो कार्यकाल कांग्रेसले मुख्यमन्त्री बन्ने अवसर पाएको थिएन । 

तर थापामाथि संवैधानिक संकटसमेत आइलाग्यो । सभामुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्री बनेका थापाविरुद्ध सर्वाेच्च अदालतमा  मुद्दा परेको थियो । मुख्यमन्त्री बनेको २२ दिन मै उनी पदमुक्त भए ।

उनी पहिलो पटक असार २१ गते मुख्यमन्त्री बनेका थिए । त्यसपछि उनी गत साउन १६ गते मुख्यमन्त्री बने । उनको दोस्रो कार्यकाल पनि फलदायी बनेन । भदौ २१ उनलाई पुनः सर्वोच्चले पदमुक्त गरिदिएको थियो । 

पहिलोपटक २२ दिनमा सर्वाेच्च अदालतबाट पदमुक्त बनेका थापा दोस्रो पटक ३८ दिनमा सर्वाेच्चबाटै पदमुक्त बनेका थिए । 

पहिलोपटक सभामुखलाई हस्ताक्षर गराएका  र दोस्रोपटक प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिलाई जबरजस्ती आफ्नो पक्षमा मतदान गराउँदा उनी पदमुक्त बने । राजेन्द्र राईले दोस्रो कार्यकालमा छोटो समय सत्ताको बागडोर चलाएका थिए ।

त्यसपछि हिक्मत हुँदै केदार कार्कीसम्म मुख्यमन्त्री बनेका छन् ।

सविधानतः अन्तिम सरकारका रुपमा केदार कार्की मुख्यमन्त्री बनेका छन् । अब कार्कीले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत पाउन नसके कोशी मध्यावधि निर्वाचनमा जानेछ । अहिलेसम्मको अवस्था हेर्दा दोस्रो कार्यकालमा ५ जना मुख्यमन्त्री बनेका छन् ।

कोशीमा केन्द्रीय सत्ता गठबन्धनकै प्रभाव परेपछि दुवै पक्षलाई बहुमत पुग्ने अवस्था आउन सकेन । बहुमत पुग्ने अवस्था आउँदा एकले अर्कोलाई रोक्ने खेल हुँदै कोशीका कांग्रेसमा विद्रोह हुने अवस्थासम्म आइपुगेको छ । 

मुख्यमन्त्रीका लागि एउटै दल कांग्रेसका सांसदको हस्ताक्षरले दिएको तनाव तत्काललाई साम्य भएर कार्की मुख्यमन्त्री बनेका छन् । तर मुख्यमन्त्रीले सरकार गठन गर्दा कुन दललाई समेट्छन् र कसरी विश्वासको मत प्राप्त गर्छन् भन्ने जटिलतातिर कोशी पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x