०३ साउन २०८३, आइतबार

एभरेष्ट बैंकको २९औं वार्षिकोत्सवको अवसरमा २८ कर्मचारी सम्मानित

कात्तिक १, २०८०
काठमाडौं
एभरेष्ट बैंकको २९औं वार्षिकोत्सवको अवसरमा २८ कर्मचारी सम्मानित

एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरिएको बैंकले जनाएको छ ।​

बैंकका २०० भन्दा बढी कर्मचारीहरूका बीच सम्पन्न कार्यक्रममा सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । उनीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेको थिए । ​

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।​

बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितलगायतको उपस्थिति रहेको थियो ।​

null

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंक हो । ​

बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् । 

यस्तै, बैंकले देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यसका साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्