पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
रुपन्देहीको सैनामैना नगरपालिका–५ तेरुवाका सुनिल अर्याल बाख्रापालनमा उदाहरणीय बनेका छन् । व्यवस्थापन (म्यानेजमेन्ट)बाट स्नातकोत्तर गरेका उनले धेरैलाई चक्मा दिँदै कृषि कर्म रोजे । शुरूमा समाजले अनौठो रुपमा हेरे पनि उनले अहिले प्रशंसामात्र पाएका छैनन्, सफल युवा उद्यमीमा आफूलाई ‘दर्ज’ गर्न सफल भएका छन् । ‘डिग्री होल्डर’ सुनिलजस्ता युवा अवसरको युरोप/अमेरिका भासिँदा उनी देशको अर्थतन्त्रलाई टेवा पुर्याउन कृषिमा लागेको भन्दै उनलाई गाउँमा धेरैले उदाहरणीय मान्छन् । उनी पनि आफूले कृषिबाटै सफलता, आम्दानी र आत्मसम्मान सबै पाएको सगर्भ बताउँछन् ।
सुनिलले विसं २०७२ देखि एजी प्रोडक्सन ग्रुप स्थापना गरेका हुन् । त्यो बेला उनी २२ वर्षका मात्र थिए । ५० वटा बाख्राबाट थालेका थिए उनले । अहिले उनको खोरमा ५०० वटासम्म बाख्रा छन् । ‘बाख्राको संख्या बेला–बेला घटबढ भइरहन्छ,’ उनी भन्छन् ।
गुल्मीमा जन्म, काठमाडौंमा पढाइ, रुपन्देहीमा बाख्रापालन
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका सुनिल पढाइ पूरा गर्न भने काठमाडौं गएका थिए । शंकरदेव क्याम्पसबाट अध्ययन पूरा गरी रुपन्देही आएर कृषि पेशामा लागेका हुन् । उनीसँगै पढेका धेरै साथीहरू कोही जागिरे त कोही विदेशमा स्थापित भए, तर सुनिलले भने यहीँ केही गर्ने सोच बनाए । ‘विदेशको जीवनशैली कस्तो हुन्छ भनेर सबैको भनाइ र भोगाइबाट बुझियो । त्यसैले विदेश जानुपर्छ भन्ने मोह नै भएन,’ उनी भन्छन्, ‘स्वदेशमै केही गर्नुपर्छ भन्ने लागेर यहीँ कर्म गर्ने मन बनाएँ ।’
अहिले सुनिल बाख्रापालनमै रमाइरहेका छन् । करिब ५०० उन्नत जातका बाख्राका लागि उनी आफैँ घास तयार गर्छन् । मास्टर डिग्रीको परीक्षा दिएर आफूले नेपालमा कृषि पेशाको सम्भावनाबारे अध्ययन गरेको उनी बताउँछन् । यसपछि पढेलेखेका युवाले कृषि पेशा नै गर्न आवश्यक छ भन्ने निष्कर्षमा पुगेको उनले बताए । ‘अध्ययनपछि मैले पोजेटिभ बाख्रापालनमा देखेँ,’ उनी भन्छन्, ‘म कमर्स पढेको मान्छे भएर होला व्यवस्थापन गर्यो भने नेपालमा पनि हुने रहेछ भन्ने लाग्यो र देशको अर्थतन्त्रलाई टेवा दिने गरी मैले यो पेशालाई रोजको हुँ ।’
सामान्यतया, कृषिमा आम्दामी नै हुन्न, बढी मेहेनेत गर्नुपर्छ भन्ने बुझाइ रहेको पाइन्छ । तर सुनिलले भने बाख्रापालनबाट सहजै आम्दामी गरेर सबैलाई देखाइदिएका छन् । उनको व्यवसाय बढ्दो क्रममा छ । फर्ममा अहिले झण्डै दुई करोड रूपैयाँको लगानी पुगिसकेको छ । ८० लाख थपेर नयाँ योजना ल्याउँदै छन् । अहिले सुनिलले सम्पूर्ण खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी बचत गर्न सफल भइरहेका छन् ।
आफैँ गराउँछन् नश्ल सुधार
शुरूमा सुनिलले ५० वटा बाख्रासँग गाई पनि पाल्ने योजना बनाएका थिए । तर उनले गाई र बाख्रालाई सँगसँगै लैजान सकेनन् । त्यसपछि गाई बिस्तारै–बिस्तारै हटाए । अहिले उनले पूर्ण रुपमा बाख्रा मात्र पालेका छन् । बोयर, बारबरी र बिटल जातका बाख्रा उनको फर्ममा छन् । उन्नत जातका पाठापाठीलाई नश्ल सुधार गरेर त्यसको बर्णशंकर सुधार गर्दै उनले विभिन्न निकाय र फर्ममा उपलब्ध गराइराखेका छन् । यसको मुख्य उद्देश्य ‘बीऊ’ रहेको उनको भनाइ छ । बीऊका लागि अयोग्य भएकालाई उनले मासुका लागि प्रयोग गर्ने गरेका छन् । कृषि व्यवसायमा काम गर्ने कर्मचारीको व्यस्थापन अति जटिल देखिएको उनी बताउँछन् । न्यूनतम पूर्वाधारबिना बाख्रापालन गर्न नसकिने उनी बताउँछन् ।
फर्मलाई बाह्य परजीवीबाट बचाउन सके ७० प्रतिशत बाख्रामा देखिने रोग र समस्या समाधान हुने सुनिलको बुझाइ छ । बाख्रामा भएको लगानी, घाँस र दानाजस्ता विषयको कुनै भेरिएसन नभएको सुनिलको भनाइ छ । लागत धेरै हुने तर त्यसको कुनै मूल्यांकन राज्यबाट नहुने गरेको उनीलगायत किसानहरू गुनासो छ । बाख्राको दाना उद्योग बनाउन सकेमा अहिले पालन गरेकोभन्दा १० गुणा बढी एकैपटक किसानले बाख्रा पाल्न सक्ने सुनिलको भनाइ छ ।
कृषि फर्मको ‘प्रोडक्सन’ देशदेखि विदेशसम्म लैजाने योजना बनाएको सुनिल बताउँछन् । यसका लागि उनी अरु क्षेत्रमा पनि फर्म खोल्ने योजनामा छन् । ‘गुणस्तरीय बाख्राका पाठा–पाठी उत्पादन गरी खानयोग्य तथा स्वस्थकर मासु उत्पादन गर्ने मेरो लक्ष्य हो । यसका लागि अन्य ठाउँमा पनि व्यावसायिक फार्म गर्न चाहन्छु । यसगरी मेरो देशमा नै रोजगारी सिर्जना गर्ने सपना छ, उनी थप्छन्, ‘कृषकको आयस्तर बढाइ देशलाई मासुमा आत्मनिर्भर बनाउन सहयोग गर्दै फार्मलाई राष्ट्रकै स्रोतकेन्द्रको रुपमा परिणत गर्न प्रयासरत छु ।’
सुनिलले अहिले बाख्रापालक किसान संघ, रुपन्देहीको नेतृत्व पनि गरिहेका छन् । यसर्थ अहिले उनी अरु किसानलाई पनि बाख्रापालनका लागि प्रोत्साहन गर्छन् । व्यवस्थित बाख्रा खोर बनाउने योजना तथा सल्लाह, बाख्रालाई रोग लागेमा औषधि उपचारको लागि सुझाव र उच्च गुणस्तर एवं सन्तुलित दाना कृषकले आफ्नै घरमा कसरी बनाउने भन्ने सल्लाहसमेत उनले अन्य बाख्रापालकलाई दिँदै आएका छन् ।
‘राज्यको कृषि नीति किसानले नै बनाउनु पर्छ’
राज्यको कृषि (एग्रिकल्चर) नीति भने प्रभावकारी नभएको सुनिलको गुनासो छ । उनी भन्छन्, ‘किसानको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा पहुँचवाला हाबी हुन्छन् । वास्तविक किसानलाई राज्यका योजना र कार्यक्रमले छुँदैन । यसलाई व्यापाक सुधार गर्नुपर्ने देखिन्छ ।’
किसानले नै नीति बनाए मात्रै कार्यान्वयन गर्न सहज हुने उनी बताउँछन् ।
‘लगानी गर्नुपूर्व नै प्रतिफल खोज्न थालियो भने, बाख्रा पालनबाट सफल हुन सकिन्न । लगानी अनुसारको प्रतिफल आएन भनेर व्यवसाय बन्द गरियो भने घर न घाटको भइन्छ । आइपर्ने समस्याको समाधान गर्दै अघि बढ्ने हो भने, सफल भइन्छ,’ उनी भन्छन् ।
नेपालमा बाख्राको लागि आवश्यक पार्ने दाना उद्योग सञ्चालन सञ्चालनको लागि राज्य तहबाट योजना अघि बढाउनुपर्ने सुनिल सुझाव दिन्छन् । त्यसका लागि व्यवसायीले सम्पूर्ण योजना पारेको उनी सुनाउँछन् । बाख्रापालनमा लागत धेरै नै हुने गरेको किसानहरूको भनाइ छ । सम्भावना भएर पनि राज्यले प्रोत्साहन गर्न नसक्दा धेरै कृषि कर्ममा लागेका पलायनको बाटोमा लागेकोसमेत देखिन्छ । त्यसलाई रोक्नुपर्ने दायित्व तीनै तहका सरकारको रहेको सुनीलको ठम्माइ छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...