×

NMB BANK
NIC ASIA

कोशी प्रदेशमा सधैँ किचलो

दशैंको बिदाइसँगै कोशीको राजनीति फेरिने संकेत, एमालेसँग तर्किन थाले मुख्यमन्त्री !

विराटनगर | कात्तिक ११, २०८०

NTC
तस्वीरको बायाँपट्टी कोशीका मुख्यमन्त्री केदार कार्की र दायाँमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलगायत ।
Premier Steels

दशैंको बिदाइसँगै कोशी प्रदेशको राजनीतिक परिस्थिति फेरिने संकेत देखिएको छ । दोहोरो दबाबबीच दशैं मनाएका मुख्यमन्त्री केदार कार्की दशैंको समापनसँगै नेकपा (एमाले)सँग तर्किन थालेका छन् । उनलाई मुख्यमन्त्री बनाउन एमालेले साथ दिएको थियो । एमालेका ३९ र उनकै पार्टी नेपाली कांग्रेसका ८ सांसदको सहयोगमा कार्की मुख्यमन्त्री बनेका थिए । ती सांसदहरू नेता डा शेखर कोइराला निकटका थिए ।    

Muktinath Bank

एमालेले आइतवार मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिइरहेका बेला मुख्यमन्त्री कार्कीले भने झापामा कार्यक्रम राखेका छन् । शनिवार भने उनी आफ्नै पार्टी कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा भाग लिन सिलसिलामा काठमाडौंमा छन् । एमालेका नेताहरूलाई आइतवार फर्केपछि छलफल गर्ने आश्वासन दिएर उनी काठमाडौं गएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

तर त्यो आश्वासको बेवास्ता गर्दै मुख्यमन्त्री कार्की भने आइतवार झापामा हुने एक कार्यक्रममा सरिक हुने भएका छन् । ‘मुख्यमन्त्रीज्यू काठमाडौंको चियापान कार्यक्रममा जानुभएको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री शमशेर राईले लोकान्तरसँग भने, ‘ आइतवार एउटा कार्यक्रमको उद्घाटन गर्न काठमाडौंबाट झापा आउँदै हुनुहुन्छ । धेरै कुरा फोनमा भन्न मिल्दैन । आइतवारदेखि नै सरकार विस्तारबारे छलफल गर्ने कुरा मुख्यमन्त्रीले गर्नु भएको छ । म पनि इलामै छु ।आइतवार साँझसम्ममा मात्रै विराटनगर आइपुग्छु ।’

Vianet communication

आफूले दिएको समय पटक–पटक सार्न थालेपछि एमाले भने मुख्यमन्त्री कार्कीसँग रुष्ट बन्न थालेको छ । विश्वासको मत लिएलगतै दशैँअघि नै मन्त्रिपरिषद् विस्तार गर्न एमालेले मुख्यमन्त्री कार्कीलाई दबाब दिएको थियो । गत कात्तिक १ गते विश्वासको मत लिएका कार्की भोलिपल्ट नै काठमाडौं गएका थिए । एमालेले दिएको समय कटाएरमात्रै उनी विराटनगर आएका थिए । त्यसपछि कात्तिक १० गते शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्न एमालेले मुख्यमन्त्री कार्कीलाई भनेको थियो । दशैंको बीचमा नगरौँ भन्दै मुख्यमन्त्रीले नै रोकेका थिए ।

आइतबार मन्त्रिपरिषद् विस्तार गर्न एमालेले भनेको छ  । तर सोदिन नै विस्तार गर्ने कुनै तयारी मुख्यमन्त्रीले गरेका छैनन् । यसकारण आइतवार नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम रहेको मन्त्री सरकारका प्रवक्ता राईले पनि बताएका छन् । 

मुख्यमन्त्री कार्कीले आफूनिकट नेता शेखर कोइराला, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार अगाडि बढ्नका लागि सरकार विस्तार आलटाल गरेको एमालेको निष्कर्ष रहेको छ । कार्कीले भने प्रदेशको सहमतिको सरकार बनाउन पहल गर्ने बताउँदै आएका छन् ।

null

‘शनिवार कांग्रेसको चियापान भएकाले मुख्यमन्त्रीको हैसियतमा उहाँ काठमाडौंमा जानुभएको बुझेका छौँ,’ एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘आइतवार आउने कुरा छ । तर झापाको कार्यक्रमबारे हामीलाई थाहा छैन । आइतवार नै अब हामी सबै कुराको फाइनल गछौं ।’

पार्टी सभापति देउवाले प्रतिनिधि नै पठाएर गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न सन्देश दिएपछि कार्की थप संकटमा परेको बताइएको छ । पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कात्तिक १ गते बिहान प्रदेशका गठबन्धनका नेता तथा मुख्यमन्त्रीलाई राखेर अब मन्त्रिपरिषद् विस्तार गर्दा एमालेबाहेकका दललाई समेट्न निर्देशन दिएका थिए । 

अर्कोतिर एमालेले भने मन्त्रीहरूको नाम टुंगो लगाएर बसेको छ । पाँचकर्ण राई, एकराज कार्की, लीलावल्लव अधिकारीलाई मन्त्री र सिर्जना लिम्बू र रामप्रसाद मेहतालाई राज्यमन्त्रीमा पठाउने एमालेको तयारी छ । 

मुख्यमन्त्री कार्कीसँग एमालेले ५ वटा मन्त्रालय मागेको छ । यसअघि  रामबहादुर राना मगरलाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाइसकेका छन् ।  कार्की सत्ता गठबन्धनले गरेको निर्णयविपरीत एमालेको समर्थन लिएर कांग्रेसका ८ सांसदको विद्रोहबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर उनलाई गठबन्धनले पनि विश्वासको मत दिएको थियो । 

९३ जना प्रदेशसभा सदस्य रहेको कोशीमा उपसभामुख सिर्जना दनुवार र राप्रपाका ५ सासदले भने विश्वासको मत दिएका थिएनन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले दशैंपछि लगतै एमाले प्रमुख प्रतिपक्षी हुने दाबी यसअघि नै गरिसकेका थिए । मुख्यमन्त्री कार्की पनि एमालेसँग तर्किन थालेपछि यसको पुष्टि हुँदै गएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x