०३ साउन २०८३, आइतबार

माछापुच्छ्रे  बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

मंसिर ७, २०८०
काठमाडौं
माछापुच्छ्रे  बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।​​

बिहीवार बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।​​

बैंकका निवर्तमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

केसी विगत ९ वर्षदेखि माछापुच्छ्रे​ बैंकमा आबद्ध भई २०७४ वैशाख ४ गतेदेखि २०७५ पुस २० सम्म बैंकका अध्यक्ष भएर समेत काम गरिसकेका छन् ।

हाल अध्यक्षमा नियुक्त हुनु अघि उनले यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवं अन्य क्षेत्रहरूमा पनि आबद्ध रहँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्