०२ साउन २०८३, शनिबार

एभरेष्ट बैंकद्वारा काठमाडौंको टोखामा १२८ औं शाखा सञ्चालन

मंसिर ९, २०८०
काठमाडौं
एभरेष्ट बैंकद्वारा काठमाडौंको टोखामा १२८ औं शाखा सञ्चालन

एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ मा आफ्नो १२८ औं शाखा सञ्चालनमा ल्याएको छ ।

देशका विभिन्न गाउँ तथा शहरहरूमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ बैंकले मंसिर ८ गतेबाट टोखामा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका थिए ।​

उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, बागमती प्रदेश प्रमुख सन्तोषकुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।​​

उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरू विश्वासको सहयात्री भएको साथसाथै टोखा र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा टोखा नगरपालिकाका उपमेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने विश्वास व्यक्त गरेका थिए ।

यो सँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगेको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।​​

पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् ।

यसका साथै बैंकले देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्