फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवल | मंसिर ९, २०८०
सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई पनि चखाउँथिन् । उनले बनाएको अचारको स्वाद सबैले मनपराउँथे । यसपछि शाेभामा हौसला जाग्यो । घरमा सीमित अचार बजारसम्म पुर्याउने सोचमा उनी लागिन् । त्यसो त शोभा पहिलेदेखि नै हाट बजारमा तरकारी बेच्ने गर्थिन् । अब अचार पनि बिक्री गर्ने योजना बनाइन् ।
शोभाको यो योजना चाँडै नै सार्थक बन्ने बाटोमा लाग्यो । बेलबासमा सबल नेपाल एग्रो प्रालिमार्फत उनले च्याउसँगै विभिन्न दर्जन प्रकारका अचार उत्पादन गर्न थालिन् । विस्तारै यसले विदेशी अचारको वर्चश्व तोड्न थाल्यो । यसले उनलाई स्थानीय स्तरमा चर्चित पनि बनाएको छ । अहिले आफूले अचारबाटै वार्षिक १० लाख रुपैयाँ चोखो कमाइ गर्ने गरेको उनी सुनाउँछिन् ।
लगाब राखियो र मेहनत गरियो भने सानो सीप र उद्यमले पनि कमाइ गर्न सकिने रहेछ भन्ने शोभालाई अहिले महसुस भएको छ । बजारमा पाइने अधिकांश अचारलाई टिकाउ, स्वादिलो र आकर्षक बनाउन विभिन्न रसायन राखिएको गुनासो सुनिन्छ । शोभाले उत्पादन गरेको अचारमा भने कुनै रसायन हुँदैन । यसले गर्दा यो अचार स्वास्थ्यका लागि पनि प्रतिकूल नहुने शोभाको दाबी छ । अहिले उनले गरेको घरेलु उद्यमको सिको धेरैले गर्न थालेका छन् ।
‘सोच्दैमा जीवन परिवर्तन नहुने रहेछ,’ उनी भन्छिन्, ‘सोच र योजनाले सेकेन्डमै परिवर्तन गरेमा जिन्दगी परिवर्तन हुन सक्ने रहेछ । जसका लागि आफूले मेहनत र लगाब राखिराख्न आवश्यक छ ।’ शोभाले १२ किसिमका अचार बनाउँछिन् । उनले बनाएका अचार बुटवल आसपास मात्र होइन, लुम्बिनी प्रदेशभरसँगै भारतसम्म पनि जाने गर्छ । उनका अनुसार पिरो–गुलियो अचारको बढी माग छ । स्थानीयले च्याउको अचार र सिजनल अचार बढी रुचाउँछन् ।
कास्कीमा जन्मिएकी शोभाको प्रारम्भिक शिक्षा गाउँमै गरिन् । कक्षा–३ सम्म कास्कीमा पढेपछि उनी तराई झरेकी हुन् । कास्कीबाट नवलपरासी आयो उनको परिवार । १० कक्षा उतीर्ण गरेलगत्तै उनको विवाह भयो । विवाहपछि श्रीमान्सँगै भारत गएर ८ वर्ष उतै बिताइन । त्यहाँ राम्रो कमाइ नभएपछि नेपाल आएर केही उद्यम गर्ने सोच बनाए उनीहरूले । यसपछि शोभाले बुटवल आएर हाट बजारमा तरकारी बिक्री गर्न थालिन् । तरकारीसँगै उनी च्याउको समेत व्यापार गर्थिन् ।
व्यवसाय बढ्नै लाग्दा श्रीमान् गुमाइन्, दिए छोराले साथ
२०५६ सालमा बुटवलको हाट बजारमा व्यवसाय शुरू गरेको त्यो दिनको स्मरण अहिले पनि शोभाको मनमा ताजै छ । शुरुवाती दिनमा दैनिक २०० रूपैयाँ मात्र आम्दानी हुन्थ्यो । व्यापार नबढेपछि उनमा विदेश जाने सोच पलायो । विदेश पठाउने एजेन्सीलाई पैसा बुझाइन् । तर, पैसा दलालले खाइदिएपछि उनले अब यहीँ उद्यम गर्ने दह्रो सोच बनाइन् । श्रीमान्सँगै व्यापारमा लागिन् । तर, दुःखको कुरा यसैबीच उनका श्रीमान्लाई दीर्घरोग लाग्यो । श्रीमान्को उपचारका लागि उनले बुटवल १३ झोलुङ पुलनजिकै बनाएको घरसमेत बेच्नुपर्यो । यतिगर्दा पनि श्रीमान्को जीवन बाँचेन । २०७० मा उनका श्रीमान्ले सो संसार छाडे । यससँगै लामो समय व्यवसायमा लाग्ने उनको योजना तुषारापात भयो ।
श्रीमान्लाई गुमाएसँगै उनी अहिले एउटा छोराका साथमा जीवन अगाडि बढाइरहेकी छिन् । उनका छोरा अहिले यूएईमा होटल म्यानेजमेन्टको पढाइ सकेर सोही देशमा नै रोजगारी गरिरहेका छन् । जसले उद्यममा थप साहस थपेको उनी बताउँछिन् । ‘श्रीमान्को अभावमा ढाडस दिने, योजना बनाउने उद्यमी बन्न थप प्रेरणा दिने काममा छोरो मेरो सारथि बनेको छ,’ उनी भन्छिन् ।
कृषक समूहबाट शुरू भएको यात्रा
हाट बजारमा च्याउको व्यवसाय गर्दै गर्दा व्यवसायीसमेत रहेका कृष्णराज पोखरेलले शोभालाई समूहमार्फत उद्यम गर्न सुझाए । व्यावसायिक च्याउ खेती गर्ने निर्णय भयो । शुरूमा ७ जनाको कृषक समूह निर्माण भयो । जसका लागि हाट बजार व्यवसायीहरूले स्थापना गरेको सहकारी सशक्त सहकारी संस्थाबाट १-१ लाख कर्जा लिएर सबल नेपाल च्याउ उत्पादक कृषक समूह स्थापना गरियो । यसमा शोभा पनि जोडिइन् । यसको नेतृत्व कृष्णराजले गरे । समूहमा रहेका ७ जनाको ७ लाख र थप ५० हजार रुपैयाँ गरी प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैयाँ जम्मा गरेर सबल च्याउ उत्पादक कृषक समूह व्यावसायिक रूपमै अघि बढ्यो । भलुहीमा खेती शुरू गर्यो । समूहले शुरूमा १० लाख रुपैयाँ लगानी गरेर २० लाख आम्दानी गर्न सफल भएको थियो । त्यसपछि सोही समूहले पाल्पा, रूपन्देहीका बेलबास, नयाँगाउँ तथा अर्घाखाँचीको शीतगंगा क्षेत्रमा व्यावसायिक रूपमा च्याउ उत्पादन गरेको थियो । यससँगै सबल नेपाल एग्रो प्रालि खुल्यो । यसको व्यवस्थापनको जिम्मेवारी शोभाले नै पाइन् । शोभाले बुटवलको बेलबासमा खोलिएको प्रालि (लुम्बिनी च्याउ तथा अर्गानिक भण्डार)मा नै व्यावसायिक रुपमा च्याउका विभिन्न परिकार र अचार बिक्री वितरण गर्दै आएकी हुन् ।
कम्पनीमा च्याउका ४ प्रकार छन् । शोभा सिताके, राजा, कन्ये, डल्लेका अचार बनाउँदै आएकी छिन् । आजकल विभिन्न मेलामा उनले बनाउने अचारको खोजी हुन्छ । उनी अहिले भैरहवामा जारी महोत्सवमा अचार बेच्नमा व्यस्त छिन् । महिला उद्यमीको अचार भनेपछि उपभोक्ताले पनि रुचि मानेर किनेर लैजाने गरेको उनी बताउँछिन् । उनको उद्यम महोत्सवमा पुरस्कृत पनि भएको छ । बजारमा च्याउको माग अहिले पनि उच्च रहेको शोभाले जानकारी दिइन् ।
आफैँले च्याउको बिउ उत्पादन
सबल नेपालले अचारसहित तरकारी, फलफूल सुकाउने ड्रायर मेसिन, प्याकेजिङ मेसिन, शिल्ड प्याक गर्ने मेसिन र मसला पिस्ने मेसिन स्थापना गरेको छ । जसबाट विभिन्न काम हुँदै आएका छन् । सबल नेपालले च्याउको बिउसमेत उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । प्रालिमा प्रदेश सरकारको २५ लाख रुपैयाँ अनुदान सहयोगसमेत रहेको छ । जसबाट मेसिन र उपकरण खरिद गरिएको छ । उद्योगमा स्थापना भएको ड्रायर मेसिनले ८ घण्टामा २०० किलो (दुई टन) तरकारी वा फलफूल सुकाउन सक्छ । यस्तो प्रकृतिको मेसिन बुटवलमा सबल नेपालले भित्र्याएको छ । कहिलेकाहीँ विभिन्न स्थानमा बढी उत्पादन भएर तरकार, फलफूल आदि खेर गइरहेको हुन्छ । यस्तो अवस्थामा सुकाएर बेमौसममा बिक्री वितरण गरी अन्य समूह, सहकारी वा कृषकले फाइदा लिनसक्ने शोभाको भनाइ छ ।
उक्त मेसिन सञ्चालनको लागि तालिम प्राप्त प्राविधिकसमेत आवश्यक हुन्छ । यस्तोमा उनले यसलाई ‘फुलफेज’मा सञ्चालन गरेर राम्रो आम्दानी गर्नेसमेत योजना बनाएकी छिन् । शोभा सामाजिक संघ–संस्थामा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएकी छिन् । उनी च्याउ उत्पादक किसान संघदेखि लिएर हाट बजार व्यवसायी समिति रुपन्देहीको द्वितीय उपाध्यक्ष पनि हुन् । यसरी उनी हाट बजारमा व्यवसाय गर्ने महिलाका लागि एक उदाहरणीय पात्र बनेकी छिन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...