×

NMB BANK
NIC ASIA

एलपीएल : शुक्लाफाँटा र धनगढी क्रिकेट एकेडेमी विजयी

कैलाली | मंसिर २६, २०८०

NTC
Premier Steels

 धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आज भएका दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । 

Muktinath Bank

शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा माध्यमिक विद्यालयलाई पराजित ग¥यो । पहिलो खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित ग¥यो । समुह चरणमा सबै तीन खेल खेल्दा दुई जित र एक हार बेहोरेको शुक्लाफाँटाले समूह ‘ए’ बाट सेमीफाइनल प्रवेश गर्ने सम्भावना जीवितै राखेको छ । दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसँग पराजित भएमा शुक्लाफाँटा र धनगढीमध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्लाफाँटाले दिएको १८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन बनाउँदा सबै विकेट गुमायो । कैलालीका नरेन साउदले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । शुक्लाफाँटाको बलिङमा वसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले दुई÷दुई विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले एक÷एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनायो ।


Advertisment
Nabil box
Kumari

शुक्लाफाँटाको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए । प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४२ बलमा १० चौका र एक छक्का प्रहार गरे । यस्तै बिशाल ऐरले ४३ बलमा छ चौका र दुई छक्का मद्दतले ५४ रन बनाए । लोकेश जोशीले ३७ रन बनाए । कैलाली क्रिकेट क्लबको लागि विनोद बोहराले तीन विकेट तथा धर्मराज जोशीले दुई विकेट लिए ।

Vianet communication

त्यस्तै दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा माध्यमिक विद्यालयलाई ८१ रनले पराजित ग¥यो । १७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५.५ ओभरमा ८९ रन मात्र बनायो । धनगढी र शारदा दुवै टिम सेमीफाइनल रेसबाट बाहिर भइसकेका छन् ।

लक्ष्य पछ्याउने क्रममा शारदाका अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले चार विकेट लिए यस क्रममा ३.५ ओभरमा १६ रन खर्चिए । विजय रानाले दुई तथा हिक्मत महरा, मान साउद र निरज ऐरले एक÷एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा सात विकेट गुमाएर १७० रन बनायो । धनगढीको ब्याटिङमा मान साउदले सर्वाधिक ३७ रन बनाए । यस्तै सचिन साउदले ३५, युवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए । ११५ रनमा सात विकेट गुमेको अवस्थामा र युवराजले अविजित ५५ रनको साझेदारी गरे । 

प्रतियोगिताको सेमीफाइनल पुग्ने तीन टिमको टुङ्गो लागिसकेको छ । समूह ‘बि’ बाट युथ अफ टीकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन् । 

प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x