०३ साउन २०८३, आइतबार

एभरेष्ट बैंक र एएसजी आई केयरबीच सम्झौताः ग्राहकलाई १० प्रतिशतसम्मको छुट

पुस १२, २०८०
काठमाडौं
एभरेष्ट बैंक र एएसजी आई केयरबीच सम्झौताः ग्राहकलाई १० प्रतिशतसम्मको छुट

एभरेष्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिसेस लिमिटेड, नयाँ बानेश्वरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

बुधवारको सम्झौता समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक सञ्जीवकुमार ठाकुरको उपस्थिति रहेको थियो ।

योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने छन् ।

उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका पारिवारिक सदस्यहरूले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत सर्जरी प्रोड्युस, माइनर इन्भेस्टिगेसन (स्टाफमात्र) अप्टिकलमा १० प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

साथै पहिलो पटक रजिष्ट्रेसन तथा ओपीडी शुल्क नलाग्ने र एक पटकका लागि १५ दिन भित्रको फलो अपसमेत निःशुल्क हुनेछ । 

एभरेष्ट बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन् ।  देशैभरी छरिएर रहेका आफ्ना १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । 

नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्