×

NMB BANK
NIC ASIA

भारतीय विदेशमन्त्रीको टिप्पणी– पाकिस्तानको भविष्य धेरै हदसम्म उसकै क्रियाकलापले निर्धारण गर्छ

काठमाडाैं | पुस १७, २०८०

NTC
Premier Steels

नयाँ दिल्ली–पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले आतङ्कवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताएका छन् ।  

Muktinath Bank

एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशंकरले भारत पाकिस्तानसँग सम्झौता गर्न इच्छुक नरहेको बताउदै आतङ्क र शत्रुतामुक्त वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानसँगको मोदी सरकारको दृष्टिकोणलाई उल्लेख गर्दै उनले सीमापार आतङ्कवादलाई नसहने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

पाकिस्तानले दशकौँअघिदेखि भारतलाई टेबुलमा ल्याउन सीमापार आतङ्कवादको प्रयोग गरेको बताउँदै विदेशमन्त्री जयशंकरले आफूहरूले त्यस्ता विषय अप्रासङ्गिक बनाएको बताएका छन् । पाकिस्तान आफ्नो नजिकको छेमेकी भएको स्वीकार गर्दै उनले पाकिस्तानले  तयार पारेका शर्तहरूको आधारमा व्यवहार नगर्ने बताएका छन् ।  

Vianet communication

भारतले गत वर्ष अगस्टमा पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण बनाउनका लागि आतङ्कवाद र शत्रुतामुक्त वातावरण आवश्यक रहेको बताएको थियो ।

मन्त्री जयशंकरले एएनआईसँगको अन्तर्वार्तामा पाकिस्तानको भविष्य पाकिस्तानको आफ्नै कार्य र छनौटबाट निर्धारण हुने भन्दै छिमेकीको हैसियतले आर्थिक समस्याबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् ।  

आर्थिक सङ्कटबाट गुज्रेको श्रीलङ्कालाई भारतले गरेको सहयोगको सन्दर्भ उल्लेख गर्दै उनले श्रीलङ्कासँग एकदमै फरक सम्बन्ध भएको जनाएका छन् ।

पाकिस्तानको अवस्था तथा भविष्य धेरै हदसम्म पाकिस्तानकै क्रियाकलापले निर्धारण गर्ने जिकिर गर्दै उनले कोही पनि अचानक कठिन परिस्थितिमा नपुग्ने बताएका छन् ।

पछिल्लो समयमा घट्दो, विदेशी मुद्रा सञ्चिति, उच्च मुद्रास्फीति तथा मुद्राको तीव्र अवमूल्यन लगायतका आर्थिक कठिनाइसँग पाकिस्तान जुधिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x