०६ साउन २०८३, बुधबार

ग्लोबल आईएमई बैंकद्वारा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

पुस २२, २०८०
काठमाडौं
ग्लोबल आईएमई बैंकद्वारा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
फाइल फोटो

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।​​​​​

बैंकले आफ्नो सामाजिक उत्तरदायित्त्वअन्तर्गत​ मधेश प्रदेशको सुखीपुर स्वास्थ्य चौकी र गण्डकी प्रदेशको पोखरे आधारभूत विद्यालयमा शिविर सञ्चालन गरेको हो ।

शिविरमा मधेश प्रदेशअन्तर्गत सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ स्थित सुखीपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं. ०६ पोखरे आधारभूत विद्यालयमा १८०  भन्दा बढी महिलाहरूको स्वास्थ्य चेक जाँच गरिएको बैंकले जनाएको छ ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराएका थिए ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरिने छ । जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो बैंक वाणिज्य बैंक हो ।

देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्