×

NMB BANK
NIC ASIA

लिने होइन त एनएमबी बैंकबाट बिनाधितो सहुलियतपूर्ण कर्जा ?

काठमाडाैं | पुस २३, २०८०

NTC
Premier Steels

पछिल्लो समय बैंकहरूले गर्ने कर्जा प्रवाहमा शिथिलता आइरहेका बेला एनएमबी बैंकले भने निर्धक्कका साथ बिना धितो १५ लाखसम्म ऋण दिने स्कीम सार्वजनिक गरेको छ ।

Muktinath Bank

बैंकले लघु तथा विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाखसम्म बिनाधितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउदै आइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५'मा भएको प्रावधानअनुसार बैंकले बिनाधितो ऋण प्रवाह गर्ने गरेको हो ।


Advertisment
Nabil box
Kumari

जस जसअन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ, भने सात प्रकारका ऋण बिनाधितो उपलब्ध गराउने छ ।  

Vianet communication

महिला उद्यमशीलता कर्जा अन्तर्गत बैंकले १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपन्छी, वैदेशिक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ ।

त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा लागि ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिएका छन् ।

कहाँ जाने,कसरी लिने?

कर्जाका लागि एनएमबि बैंकको जुनसुकै ब्रान्चमा जान सकिन्छ । ब्रान्च अफिसको कर्जा शाखामा पुगेपछि सम्पूर्ण प्रक्रियाबारे त्यहीँबाट जानकारी हुने एनएमबि बैंकले जनाएको छ ।

एनएमबि सन् २०२१ मा बैंक अफ दी इयर एसिया तथा सन् २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ दी इयर, नेपाल समेत भएको बैंक हो ।

यस बैंक नियमित वित्तीय करोबारका अलावा आर्थिक र सामाजिक उत्तरदायित्वका अन्य कार्य समेत गर्दै निरन्तर प्रगतिको पथमा अघि बढिरहेको छ ।

बेलायतको फाइनान्सियल टाइम्सअन्तर्गत दी बैंकर म्यागेजिनले छनोट तथा अवार्ड गर्दै आएको बैंक अफ दी इयर एसिया अवार्ड पाउने नेपालकै पहिलो बैंक समेत एनएमबि  हो । बैंकले देशभरिमा २०१ शाखा, १६७ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट बैंकका रूपमा सेवा पाउन सकिने यस बैंकले ग्राहक तथा समाजकै लागि पनि प्रभावकारी सेवा तथा योगदान दिएको छ । लामो समयसम्म एनएमबी बैंक बिस्तारै आफ्नो गतिमा अगाडी बढ्ने मध्यम बैंकको रुपमा रहेको थियो ।

तर पछिल्लो समय चुक्ता पुँजीको आधारमा देशकै उत्कृष्ट वाणिज्य बैंकको रेकर्ड पनि यस बैंकले बनाइसकेको छ । पछिल्लो समय व्यवसायको दर र नाफा मात्र नभई सेयर कारोबारमा पनि उच्च स्थान बनाएको छ ।

२०६५ सालमा स्थापना भएको एनएमबी बैंकमा क्लिन इनर्जी डेभलपमेन्ट, भृकुटी डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स लगायत मर्ज भएपछि प्रगति अझै बढ्दै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x